काठमाडौँ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता गरेको छ ।
नेपाल बसाइको अन्तिम दिन साँझ ५ बजे बेलायती दूतावासमा भएको भेटमा तमु धीं बेलायतका महासचिव डा. विशाल गुरुङले संस्थाको परिचय, गतिविधि तथा बेलायतमा नेपाली समुदायका लागि गर्दै आएको कामबारे जानकारी गएका थिए ।
भेटका क्रममा जेम्स टुलले तमु धीं यूकेले गर्दै आएको सामाजिक तथा सामुदायिक कार्यप्रति खुसी व्यक्त गरे । उनले बेलायत सरकारले नेपाली डायस्पोरासँग थप सहकार्य र संलग्नता बढाउने योजना अघि बढाइरहेको जानकारी गराउँदै तमु धीं बेलायतका गतिविधिबारे बेलायती विदेशमन्त्रीलाई समेत जानकारी गराउने बताए ।
टुलले आगामी फेब्रुअरी २०२७ मा तमु धीं बेलायतले आयोजना गर्ने नेपाल भ्रमणमा आफू पनि सहभागी हुन सक्ने सम्भावना रहेको बताएका थिए ।
भेटवार्तापछि दूतावासका तर्फबाट तमु धीं बेलायतका उपाध्यक्ष श्री कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव बिमल गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ तथा पत्रकार डण्ड गुरुङलाई बेलायती दूतावासको भ्रमण गराइएको थियो ।
भेटका क्रममा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपाली डायस्पोराको भूमिका तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा समेत विचार आदानप्रदान भएको थियो ।