Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • हामीले भर्खरै अल्डरसटमा किनेको प्रोजेक्टको नाम ‘नेपाल हाउस’राख्ने प्रस्ताव छ : एबी गुरुङ [ अन्तर्वार्ता भिडियोसहित]
हामीले भर्खरै अल्डरसटमा किनेको प्रोजेक्टको नाम ‘नेपाल हाउस’राख्ने प्रस्ताव छ : एबी गुरुङ [ अन्तर्वार्ता भिडियोसहित] 'सबैले मिलेर गर्ने हो भने जस्तोसुकै काम पनि आँट्न सकिन्छ'
मिलन तमु
मिलन तमु मंगलबार, मंसिर १९, २०८०

बेलायतवासी नेपाली व्यवसायी तथा समाजसेवी एबी (आशबहादुर) गुरुङ लामो समयदेखि फुड एण्ड वेभरेज क्षेत्रमा संलग्न हुनुहुन्छ । व्यवसायमा एकपछि अर्को सफलताले होला उहाँले पछिल्लो समय प्रोपर्टीतर्फ पनि हात हाल्नु भएको छ । मल्टीपर्पोज बिल्डिङको रुपमा अल्डरसटमा एबीसहितका साथीहरुको अगुवाईमा भर्खरै खरिद गरिएको हो । यो ठूलो लगानीमा किनिएको भवनमा बिहे, जन्मदिन, क्रिसमस लगायत विभिन्न ठूला पार्टी तथा कार्यक्रमहरु गर्न सकिने उहाँले बताउनुभयो । व्यवसाय एबी गुरुङसँग नयाँ प्रोपर्टी खरिद, उद्देश्य र समग्र व्यवसायको बारेमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले गरेको कुराकानीको सम्पादित अंश :

नेपालीको घनाबस्ती रहेको अल्डरसटमा नयाँ प्रोपर्टी किन्नुभएको रहेछ, यसबारे बताइदिनोस् न ।
– मुख्यतः म विजनेस म्यान हुँ । मेरो मुख्य बिजनेस भनेको फुड एण्ड वेभरेज नै थियो । केही वर्षदेखि मैले कमर्सियल होइन, अर्को नर्मल रेसिडेन्सियलमा लगानी गरेकै हो । तमु धीं युकेका पूर्वअध्यक्ष सुभाष सिंह गुरुङले प्रस्ताव ल्याएपछि गत साताको मंगलबार खरिद गरेर चाबी हात पारेका हौं । गत शनिबार सेलिब्रेसन पनि गर्‍यौं । 

अल्डरसट टाउन भन्नाले बेलायतमा नेपालको राजधानी भन्दा हुन्छ । अधिकांश नेपाली यहीं थुप्रिएका छन् । अल्डरसटको मुख्य ठाउँमा रहेको यो भवनमा सबैको नजर थियो । विदेशी होस् वा नेपाली सबैले यसलाई आफ्नो हातमा पारौं भन्ने थियो । यसमा हाम्रो ग्रुपको सक्सेस मान्नुपर्छ । 

यो ठाउँमा जति पनि ठुल्ठूला बिल्डिङ तथा प्रोपर्टी छ, त्यो सबै अरुको हातमा छ । नेपालीको हातमा छैन । त्यसैले यो नै पहिलो बिल्डिङ हो, जसलाई नेपालीले आफ्नो बनाएको छ । र, नेपालको झन्डा फहराउने छ । तसर्थ सबै नेपालीको लागि गर्वको विषय हो । 

Sanvi jeeler
Maoustail service

यो खास के उद्देश्यका लागि किन्नुभएको हो ? 
– यसमा मोर्गेज फ्रि हो । यो एक/दुई जनाले खरिद गर्न सक्ने कुरा थिएन । हामीले सानो म्यानेजमेन्ट टिम खडा गर्‍यौं । हामीले नसकेको अवस्थामा बाह्य लगानीकर्ताहरुलाई पनि खबर गर्‍यौं । उहाँहरुले पनि हामीलाई विश्वास गर्नुभयो । 

कति जना सेयर होल्डर छन् ? 
– यहाँ करिब ३५ जना सेयर होल्डर छन् । जसमा एउटा परिवारबाट पनि बाबु, आमा, छोराछोरी तथा बुहारीको पनि लगानी छ । घरधुरी गन्यो भने सानो छ तर परिवारका सदस्यहरु गन्दा करिब ३५ जना छौं । यो पारिवारिक बिजनेस जस्तो भयो । 

यो प्रोपर्टीमा के-के सुविधा छन्, ग्राहकले कसरी फाइदा लिने ?
– यो मल्टीपर्पोज बिल्डिङ हो । यहाँ बिहे, बर्थ डे, क्रिसमस लगायत विभिन्न ठूला पार्टी तथा कार्यक्रमहरु गर्न सकिन्छ । यसमा ३ वटा हलहरु छन् । भुइँतलामा मात्रै सात/आठ सय जना अटाउन सक्छन् । ३ वटा हलहरुमध्ये एउटा पार्टी हल हो । अर्को सिनेमा हल । अहिलेको मोडर्न टाइपको फेसिलिटी हाल्नु पर्‍यो । धेरै जनाको माग सिनेमा हल नफोर्न र यसलाई भविष्यमा संचालन गर्नुपर्नेमा छ । माथिल्लो ठूलो हलमा सात/आठ सय जना नै अट्न सक्छन् । अर्का २ वटा साना हलमा एउटामा १ सय ५० र अर्कोमा २ सय जना जतिको क्षमता छ । बाटो भएको अघिल्तिर १ सय जना जतिको लागि मज्जाको प्राइभेट हल पनि बनाउन सकिन्छ । यसरी धेरै जनाको लागि ठूलो हल पनि छ भने थोरै जनाको लागि सानो हल पनि छ । नेपालीहरुको लागि बेलाबखतमा हल नपाउँदा स्कुलहरुमा पनि कार्यक्रम गर्नु परेको कठिनाइ छ । यो अल इन वान हो । 

तपाईं लामो समयदेखि फुड एण्ड वेभरेज क्षेत्रमा लागि हुनुहुन्छ, ती व्यवसाय के कस्तो चलिराखेको छ ?
– एभरेस्ट क्यास एण्ड क्यारी होलसेल गएको एक दशकदेखि संचालित छ । क्याम्बर्लीमा सुपरमार्केट खोलेका छौं । यो गत अगस्ट २० मा उद्घाटन भयो । त्यसबाहेक लन्डनको साउथ ह्यारोमा हाम्रो सुपरमार्केट चलिरहेकै छ । अल्डरसटमा बुद्ध स्टोर्स छ भने फानफोरोमा क्यास एण्ड क्यारीको ब्रान्च भए पनि त्यो नै हेड अफिस होला जस्तो छ । मेरो अफिस त्यहाँ नै रहने छ । त्यहाँबाट मैले अप्रेसन हेर्छु । त्यो फुड बिजनेस हो । एक्सपोर्ट, इम्पोर्ट र डिष्ट्रिब्युसन भइराखेको छ । 

क्याम्बर्लीमा खोलिएको नयाँ डिजाइनमा छ भनिन्छ । त्यहाँ क्याफे पनि र सपिङ गर्न पनि मिल्ने छ भनिएको छ । कस्तो विशेषता हो यो ? 
– बेलायतमा हामीले संचालन गरिराखेको ग्रोसरी स्टोर्सहरुभन्दा अलि नयाँ छ । हामीहरुले एउटै हलभित्र क्याफे, बुचरी तथा वर्ल्ड फुड सुविधा छ । यो अलि नौलो प्रयोग भने पक्कै हो । 

होलसेल भन्नाले डेलिभरी गर्नुहुन्छ ? 
– मुख्य बिजनेस भनेकै होलसेल डेलभरि नै हो । 

वर्ल्ड फुड भन्नाले कस्तो हो ?
वर्ल्ड फुड भन्नाले सबै संसारैका त नसकौंला तर नाम चलेको नेपालको ओरियन्टल, साउथ अमेरिकनदेखि अफ्रिकन प्रोडक्स्, युरोपियन प्रोडक्स् डेलिभरी गर्छौं । 

अन्त्यमा, के भन्न चाहनु हुन्छ ? 
– यो प्रोजेक्ट हामीहरुले आँट्दा नजिककै साथीभाइले पनि सक्ला र ? भन्थे । सुभाष सिंहले टेबुलमा यो प्रस्ताव ल्याउनुभयो, हाम्रो टिममा रहनु हुने मसहित नारायण केसी, सुरज मास्के, दिल तामाङ, उमेशकुमार पुन गरी आफन्त र सबै जना मिलेर यो सम्भव भयो । भनिन्छ नि ‘एकले थुकी सुकी, सयले थुकी नदी’। सबैले मिलेर गर्ने हो भने जस्तोसुकै काम पनि आँट्न सकिन्छ । एक्लै खाऔं, एक्लै रमाऔं भन्ने भावना छैन । त्यो हुनु पनि हुन्न । सेयर होल्डरहरुलाई फेरि पाइपलाइनमा रहेको अर्को प्रोजेक्टका लागि तयारी रहन अनुरोध गर्दछु । त्यो प्रोजेक्टबारे अहिले नै खुलासा नगरौं । पहिले यसलाई कम्प्लिट गरौं ।
 
अहिले खरिद गरिएको प्रोजेक्टको नाम हामीहरुले ‘नेपाल हाउस’ राख्ने प्रस्ताव छ । हामीलाई आगामी दिनमा विभिन्न सल्लाह, सुझाव दिनुहोला । यो समय र साथका लागि गोर्खा मिडियालाई धेरै धन्यवाद ! 

 


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप अन्तर्वार्ता
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शनिबार, साउन ३, २०८२
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित]
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित] मंगलबार, असार ३, २०८२
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित] सोमबार, जेठ २६, २०८२
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शुक्रबार, जेठ २३, २०८२
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो] 
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो]  आइतबार, जेठ १८, २०८२
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता]
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता] शुक्रबार, वैशाख १९, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्