Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Tue 14, October, 2025 मंगलबार, असोज २८, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
tamudhe thaks
Gurkha
Mithai bhandar
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • 'जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट नेपाली समुदायको सहयोगमा मात्रै सफल पार्न सकिन्छ' [भिडियोसहित]
'जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट नेपाली समुदायको सहयोगमा मात्रै सफल पार्न सकिन्छ' [भिडियोसहित]
मिलन तमु
मिलन तमु बुधबार, असोज २२, २०८२

सन् २००९ मा सेटलमेन्ट राइट पाएर रश्मूरमा बस्दै आउनुभएका नेपाली आमाबुबाहरू र नेपालबाट भर्खर भर्खर बेलायत आउनुभएका आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुको समस्या लक्षित बेलायतमा जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट सञ्चालित छ । नेसनल लट्रीबाट फन्डिङ लिएर सञ्चालित प्रोजेक्ट नेपाली कम्युनिटीको आवश्यकता हेरेर अगस्ट २०२४ मा सुरु गरिएको हो । यो प्रोजेक्टबाट नेपालीहरु लाभान्वित भइरहेको प्रोजेक्ट म्यानेजर सुशीला मगरले जानकारी दिनु भएको छ । जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट के हो र यसले दिने सेवालगायत विषयमा गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा प्रोजेक्ट म्यानेजर सुशीला मगरसँग गोर्खा मिडियाका मिलन तमुले गरेको संक्षिप्त कुराकानी । 

जीआरएनसी कम्युनिटी कनेक्टबारे बताइदिनुस् न ?
जीआरएनसी कम्युनिटी कनेक्ट गत वर्षको अगस्ट २०२४ देखि सुरु गरेका हौं । यो नेसनल लट्रीबाट फन्डिङ पाएर सुरु गरिएको हो । एक वर्षको अवधिमा १ हजारभन्दा बढीलाई हामीले मद्दत गरिसकेका छौं । नेपालबाट भर्खर भर्खर आउनुभएका दाजुभाइ, दिदीबहिनी, आमाबाबा धेरै जना हुनुहुन्छ । अङ्ग्रेजी, डिजिटल प्रविधिको समस्याले गर्दा हरेक दिन जीआरएनसी कार्यालयमा मद्दत लिन आउनुहुन्छ । कतिलाई जीपीमा कन्ट्र्याक्ट गर्न गाह्रो हुन्छ, कतिलाई स्वास्थ्यबारे, कतिलाई बेनिफिटलगायत धेरै विषयमा समस्या भएर उहाँहरु मद्दत लिन आउनुहुन्छ । हामीले सहयोग गर्छौं । 

जीआरएनसीको कार्यालय कहाँ छ र कति बजेसम्म खुला हुन्छ ?
जीआरएनसीको कार्यालय ४९ भिक्टोरिया रोड अल्डरसटमा छ । हामी सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि ५ बजेसम्म हुन्छौं । लन्च टाइमबाहेक हामी प्राय: अफिसमा हुन्छौं । तपाईंहरुलाई साह्रोगाह्रो परेको छ भने त्यहाँ आउन सक्नुहुन्छ । 

तपाईंहरुले के के विषयमा सहयोग गर्नुहुन्छ ?
नेपालबाट आउनुभएका दाजुभाइ, दिदीबहिनी, आमाबाबालाई अंग्रेजी भाषाको साथसाथै यूकेको लाइफस्टाइलबारे जानकारी गराउँछौं । सेवाहरु कहाँ कहाँ पाइन्छ भन्ने विषयमा मार्गदर्शन गराइदिन्छौं । कनेक्ट गराइदिन्छौं । उहाँहरुलाई बेनिफिटदेखि कहाँ काम पाइन्छ, एनएसएसमा कता गएर मद्दत लिने, वेल विइङका लागि अंग्रेजी क्लास लिनुपर्‍यो, योगा क्लासहरु लिनु पर्‍यो अथवा कफी मर्निङहरुजस्ता विभिन्न कार्यक्रम चलाउँछौं । 

Sanvi jeeler
Maoustail service

शुल्क पनि लाग्छ कि नि:शुल्क ?
नि:शुल्क हो । अहिले हामी दुई जना पूर्णकालीन कर्मचारी छौं । हामीले सक्दो सहयोग गर्छौं । सबै काम गर्न हामीलाई स्वयंसेवक आवश्यक पर्छ । यसरी काम गर्दै आइरहेका छौं अहिलेसम्म । 

सेवा लिन आउँदा अपोइन्टमेन्ट लिनुपर्छ कि सिधै आउँदा हुन्छ ?
अहिले मान्छे धेरै आउने भएकोले अपोइन्टमेन्ट लिनुपर्ने व्यवस्था गरेका छौं । तर सानोतिनो काम छ भने हामी उत्तिनै खेर गरिदिन्छौं । अलि कठिन कामचाहिँ अपोइन्टमेन्ट लिएर गर्ने गर्छौं । 

एक वर्षमा हजार जनालाई सेवा दिइसक्नुभयो, अहिले कत्तिको आइरहेका छन् सेवाग्राही ?
अहिले झनै धेरै जना आइरहनुभएको छ । जसले गर्दा हामीलाई अझै धेरै मद्दत चाहिएको छ । महिनामा एक पटक तत्काल कियर प्लानिङ गर्नेबारे सिकाइदिनुहुन्छ । भोलिन्टियर इन्टरप्रिटर गर्नुहुन्छ । जब सेन्टर प्लसका मान्छेहरु आउनुहुन्छ, छ्यामा, दाइ दिदीहरु नेपालबाट आएर काम नपाई बसिरहनुभएको हुन्छ । उहाँहरुलाई युनिभर्सल क्रेडिट लिनुपर्छ । त्यसका लागि सबै डिजिटल प्रोसेस हुन्छ । त्यो गाह्रो सल्ट्याउन जब सेन्टर प्लससँग मिलेर हामी गरिदिन्छौं । यदि हाम्रो काममा मद्दत गर्न चाहनुहुने स्वयंसेवकले एक/दुई घण्टा समय दिन आग्रह गर्छु । 

अहिले ई भिसाको चलन पनि आएको छ । यसबारे पनि सहयोग गर्नुहुन्छ तपाईंहरुले ?
हामीले ई भिसाबारे पनि काम गरिदिन्छौं । कतिपयले पैसा लिएर काम गरिदिएको हामीले सुन्यौं । त्यस्तो गर्नु ठीक होइन । हाम्रो नेपाली कम्युनिटीलाई मद्दत गर्नुको साटो उल्टो पैसा लिएर फाइदा उठाएको थाहा पाएर हामीले नि:शुल्क गरिदिएका छौं । पोहोरसाल सबभन्दा बढी मद्दत पुर्‍याएको ई भिसामा थियो । हामीले कुन कुन समस्यामा मद्दत पुर्‍याएको विषय वेबसाइटमा पनि राखेका छौं । 

फिको पैसा कि काम गरेबापत लिँदा रहेछन् ?
फि त तिर्नै पर्‍यो । तर काम गरेबापत पनि मान्छेहरुले पैसा लिएका रहेछन् । कसैलाई २० पाउन्ड, कसैलाई ५० पाउन्ड लिएको थाहा पायौं । तर हामीले बिना चार्ज ई भिसाको एप्लाई गरिदिन्छौं । हाम्रो वेबसाइट www.grnc.org.uk छ । हामीले नयाँ सूचनाहरु राख्ने र अपडेट पनि गरिरहेका छौं । त्यसमा जीआरएनसी भनेको के हो ? कहिले स्थापना भएको हो ?, हाम्रा कार्यक्रमहरु के के हुन्छन् ? जस्ता विषय त्यहाँ छन् । हरेक दिन, हप्ता र आगामी दिनमा के के हुँदैछ भन्ने विषय पनि हामीले अपडेट गरिरहेका हुन्छौं । मुख्यचाहिँ हरेक सोमबार कफी मर्निङ हुन्छ अल्डरसटमा । एक घण्टा योगा, एक घण्टा विभिन्न क्षेत्रबाट आएका प्रोफेसनलहरु आएर प्रेजेन्टेसन दिने काम हुन्छ । त्यो अवेयरनेस खालको कार्यक्रम पनि हो । वेस्टटेन सेन्टर अल्डरसटमा बिहान १० बजे सुरु हुने त्यो कार्यक्रम १२ बजे समापन हुन्छ । 

अन्त्यमा केही थप्न भन्नुहुन्छ कि ?
जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट नेपाली कम्युनिटीको आवश्यकता हेरेर सुरु गरेका हौं । त्यसकारण यो सबैको प्रोजेक्ट हो । हजुरहरुको मद्दतबिना हामीले सफल पार्न गाह्रै हुन्छ । दुई जना स्टाफले सबैतिर मद्दत गर्न सकिने कुरै भएन । यदि तपाईंहरु कसैसँग समय छ भने हाम्रो अफिसमा आइदिनुहोला । के के गर्दोरहेछ भनेर हेरिदिनु होला । साथीभाइलाई केही मद्दत चाहिन्छ भने जीआरएनसीको अफिसमा जान सुझाव दिनु होला । हाम्रा कार्यक्रमहरु भइरहन्छन्, त्यसबारे सबैसामु चर्चा गरिदिनुभयो भने उहाँहरुले पनि त्यसको फाइदा लिन सक्नुहुनेछ । यो प्रोजेक्ट सफल पार्न सम्पूर्ण कम्युनिटीको हात हुनेछ । 


प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप अन्तर्वार्ता
नेपाली मेलामार्फत बेलायतमा 'मिनी नेपाल' देखाउने प्रयास गर्दै आएका छौँ : उपाध्यक्ष कमल गुरुङ [भिडियोसहित अन्तर्वार्ता]
नेपाली मेलामार्फत बेलायतमा 'मिनी नेपाल' देखाउने प्रयास गर्दै आएका छौँ : उपाध्यक्ष कमल गुरुङ [भिडियोसहित अन्तर्वार्ता] आइतबार, साउन २५, २०८२
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शनिबार, साउन ३, २०८२
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित]
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित] मंगलबार, असार ३, २०८२
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित] सोमबार, जेठ २६, २०८२
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शुक्रबार, जेठ २३, २०८२
लोकप्रीय
  • Week
  • Month
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गाउँघरको पुकार [कविता]
गाउँघरको पुकार [कविता]
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्