Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
व्यक्तित्व
  • Home
  • व्यक्तित्व
  • मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला 
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला 
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शनिबार, फागुन १७, २०८१

मेरो जीवनका तीन घुम्तीहरू छन् । जहाँसम्म मलाई सम्झना छ,  एउटा त फिल्म इन्डष्ट्र जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन । नयाँ ठाउँ, नयाँ वातावारणमा गएर त्यहाँ संघर्ष गर्नु त्यो मेरा लागि नयाँ मोड थियो । 

दोस्रो मोड, जब मलाई क्यान्सर भयो त्यो पनि एकदमै नयाँ वातावरण थियो । मलाई थाहा थिएन बाँच्छु, मर्छु, के हुन्छ भनेर । त्यो दोस्रो घुम्ती भयो ।

तेस्रो मलाई लाग्छ, अहिले म ५४ वर्षको छु । मेरो कोसिस के छ भने नौलो जिन्दगी हुनेछ । मसँग यत्रो वर्षको भोगाइ, पीडा र दुःख–सुःखको एउटा अनुभव छ । त्यसलाई लिएर अब अगाडि कसरी बढ्ने ? भनेर अहिले तेस्रो घुम्तीमा छु । 

म जहिले जवान थिए, मसँग असाध्यै ऊर्जा थियो । त्यसैको प्रभावले कहिले निकै उचाइमा पुगें, खस्दा पनि छर्लङ्ग नै खसे । 
क्यान्सरले ग्रसित हुनु त्यो मेरो जीवनको एउटा महत्वपूर्ण समय थियो । त्यसैले जहिल्यै पनि सम्झन चाहन्छु । जीवन भएपछि मृत्यु हुन्छ, हुन्छ, हुन्छ । र त्यतिखेर म मृत्युको बोधले या भयले घेरिएको थिए । एक्लोपनले गिजलेको थियो । मृत्यु, मलाई लाग्छ हामी सबैको एक न एक दिन सत्य हुन्छ । कसैको छिटो, कसैको ढिला । तर, हामीले एक दिन भोग्नु नै पर्छ ।
 
त्यसपछि मलाई लाग्यो कि मैले बाँच्न पाए भने कस्तो जीवन बाँच्ने भनेर मैले त्यतिखेर नै सोचेको थिएँ कि ल यस्तो, यस्तो, यस्तो गर्छु भनेर । बाँच्न पाए अहिले त्यही बाटोमा हिँडेर म हिँडिरहेको हुन्छु ।

Sanvi jeeler
Maoustail service

क्यान्सरको उपचार गर्नलाई हस्पिटलमा बस्दा आशावादी त म थिइनँ । म निराश थिएँ । लाग्यो कि मलाई यही मेरो जीवनको अन्तिम क्षण हो । अन्तिम दिनहरू हो । 

असाध्यै हिनताबोध के भइरहेको थियो भने मैले जीवन पाएँ तर त्यसको भरपूूर उपयोग गर्न सकिनँ । त्यसको दुरुपयोग गरें । म क्यान्सरले ग्रसित हुँदा ४१ वर्षको थिएँ । मैले ४१ वर्षसम्म बाँच्न पाएको थिएँ । उपयोग आफैंले बाँच्न गरें भनेर असाध्यै हिनताबोध भएको थियो । 
हस्पिटलको बेडबाट धेरै कुरा सिक्न पाएँ त्यतिखेर । आफन्त को हो भनेर ? आफन्त देखिने भनेको को रहेछ ? जीवनमा के महत्वपूर्ण रहेछ ? के संवेदनशील छ ? के संवेदनशील छैन भनेर  ? 

क्यान्सर हुनुभन्दा पहिले मलाई लाग्थ्यो, ‘जीवन अनन्त छ, मेरो अन्त्य छैन भनेर । अंहकार जस्तो थियो ।’ हामीले आफ्नो मृत्युको बारेमा सोचेकै हुँदैनौं । अब त कहिले मर्ने थाहा भएन । मर्ने त निश्चित छ भनेर धेरै कुरा मनमा आयो । एक्लोपन असाध्यै भयो । डर असाध्यै लाग्यो । बाँच्छु, जिउँछु ? कतिसम्म बाँच्छु र कहिलेसम्म कुन हालतमा बाँच्छु ? किमो लिइसकेपछि मेरो जिउ कस्तो खाले हुन्छ भन्ने पनि थाहा थिएन । अपाङ्ग भएर बाँच्छु कि ? भन्ने सोचहरू मनमा आएको थियो । भगवानको कृपा हो, अहिले म जे छु, जस्तो छु । 

जब हस्पिटलमा थिए त्यतिखेर मैले सोचेको मान्छेहरू, माया गरेको मान्छेहरु म सँग कोही आएनन् । मेरो आमाबुवा र निकट साथीहरु भन्दा बाहेकका एउटा दुईटा आए । मेरो त जमातै हुन्थ्यो, ठूलो सर्कलमा साथीहरु थिए । त्यतिखेर कोही भएन । म एक्लो निराश भएर हस्पिटल बेडमा बसिराको हुन्थें । 

एक जना डाक्टर हुनुहुन्थ्यो । हरेक आइतबार मकहाँ आउनुहुन्थ्यो । पूरा दिन मसँग बस्नुहुन्थ्यो । एकचोटी बस्नुभो । दुईचोटी बस्नुभो । मेरो मनमा  धेरै प्रश्नहरू आउन थाले । एकदिन त मैले आफूलाई रोकेर सोधें, ‘तपार्इं आइतबार यहाँ अएर बस्नुहुन्छ । न्यूयोर्कको राम्रो हस्पिटलको डक्टर हुनुहुन्छ । त्यहाँ तपाईं यति व्यस्त हुनुुहुन्छ हप्तैभरी । आइतबार एक दिन पाउनुहुुन्छ त्यो पनि आफ्नो परिवार, आफूलाई रिल्याक्स गर्ने दिन हो । तर, तपाईं मकहाँ आउनुहुन्छ ? तपार्इं मेरो फ्यान पनि होइन । साथी पनि होइन । किन आएर मसँग बस्नुहुन्छ । आफ्नो महत्वपूर्ण समय मर्ने व्यक्तिलाई किन दिइरहनुभएको छ ?’

उहाँले भन्नुभो, ‘मनिषा जी सो द्याट यु डु दिस समबडी एल्स ।’ म अवाक् भएँ । उहाँले आफूलाई भनेर होइन कि थाहा रहेछ म एक्लो छु भनेर । र मलाई साथको खाँचो छ भनेर । त्यसैले उहाँ आउनुभो । उहाँलाई इच्छा रहेछ मैले पनि त्यसै गरिदिउँ कसैलाई परेको बेलामा । 
हरेक मान्छेहरूको सोच फरक हुन्छ । तपाईंसँग एक जना होस्, दस जना होस्, कोही नहोस् । तर, तिमी शान्त छौ भने केही हुँदैन । हामलाई गाह्रो कहाँनेर हुन्छ भने जब हामीले अपेक्षा राख्छौं । यसले माया गर्देला, मलाई दुःख परेको बेलामा यो मान्छे उभिन्छ होला भनेर अपेक्षा गर्छौं । तर, उभियो भने ठीकै छ नउभिएपनि ठीकै छ नि त ! भनेर स्वीकार गर्न सक्नुपर्छ । माया प्रेम पाए पनि राम्रो नपाएपनि राम्रो । ब्यालेन्ससिटको फर्मुलामा गयो भने गाह्रो हुन्छ । 

उचाइमा पुग्दा पनि मान्छेको दृष्टिकोणमा भर पर्छ । म युवा हुँदा एउटै नाक आकाशतिर भएर हिँड्थें । इगो धेरै बुस्ट हुन्छ । मेरो सेकेन्ड इनिङमा मैले सफलता पाएँ र यसमा रमाएँ । किनभने मैले असाध्यै मेहनत गरे त्यसको सफलता भए । मैले आफैंलाई असाध्यै आशीर्वाद दिए । मैले आफैंले स्याबास भनेपनि । तर, मलाई यति थाहा छ कि यी सबै सकिने रहेछ । जिन्दगीको सत्य अस्थायी हो । भोलि के हुन्छ थाहा हुदैन ।
उचाइमा पुग्दा सीमितता हुन्छ । अब यो पछि के गर्ने भन्ने हुन्छ ? त्यो क्षण नै अपेक्षा गर्ने तर सँगै बग्ने होइन । हामी मनुष्य हरेक जीवनमा साझा सत्य के हुन्छ भने निराश, सफलता । हामी सफल पनि देख्छौं, ओरोलो झरिरहेका पनि हुन्छौं । सानो होस् या ठूलो कुरा होस् कहीं हामीलाई धेरै माया इज्जत दिइन्छ । त्यो सधैंभरीका लागि हुँदैन । भोलि गएर कहीं अपमान, बेइज्जति सहनुपर्ला । म धेरै नै ओरोलामा झर्न चाहिन र धेरै नै उचाइमा पुगेर पागल पनि हुन चाहँदिनँ भन्ने मानवीय स्वभाव रहेछ । 

जब मैले जिन्दगीलाई बुझ्दै गएँ धेरै बुझ्ने भएँ । युवा अवस्थामा म पनि सानो कुराले चित्त दुख्दा म ओहो ! मिनाकुमारी भन्थें । एकदम निराश हुने  । हरेक चिज परिवर्तन हुन्छ । अहिले जब उमेर बढ्दै गयो अहिले लाग्छ हरेक चिज परिवर्तनशील छन् । जिन्दगी बुझेर बाँचेको राम्रो । 
क्यान्सर भएर बेडमा हुँदा मैले सोचेको थिएँ – जिन्दगीलाई सुधार गर्छु । जसले मलाई साँचो माया गरेको छ जो अहिले मसँग उभिएको छ त्यो सम्बन्धलाई अपन्तत्व महशुस गराउँछु, झन् सुदृढ गराउँछु, मेरो करियरलाई पहिलाको ठाउँमा ल्याउँछु । त्यो सबै एक एक गर्दै हिँडिराख्याछु अहिले । धेरै मान्छेले बम्बइमा फेरि करियर सुरू हुन्छ भनेर सोचेका थिएँ । किनभने मलाई सिनेमा मन पर्छ । अभिनय, कथाहरू भन्न, सुन्न, हेर्न मन लाग्छ । तर, मेरो अर्को पाटो खुलिसकेको छ । अब म एक्सप्लोर जिन्दगी बाँच्न चाहन्छु । जहाँ मेरो आत्मले लाग्छ जहाँ मलाई खुसी लाग्छ त्यो बाटो हिँड्दै जान्छु जहाँ मलाई दिमागले नबाँधोस् । म जिन्दगीलाई खुला गर्दैछु । 

मनमा एउटा सोच थियो, म जुन उचाइमा थिएँ फेरि त्यही उचाइमा लगेर म निर्णय लिन्छु निरन्तर गर्छु कि गर्न चाहँदिनँ । किनभने जो मान्छेले मृत्युको बोध गरेको हुन्छ त्यसलाई धैरै कुरा बाँध्दैन । म पहिले पनि त्यतिसारो बाँधिएको मान्छे होइन । तर, एउटा फ्लोमा करियर थियो । मैले कडा मिहिनेत गरेपछि म राम्रो काम गर्न सक्दो रहेछु र राम्रो काम गरेपछि अँ राम्रा निर्देशकहरू एक्कासी जिन्दगीले जोडले मलाई लगेको थियो ।  एकदमै महत्कांक्षी भएर म अगाडि बढेको होइन । पहिला पनि म त्यस्तो महत्कांक्षी होइन, अहिले पनि छैन । 

मलाई अनुभव हुन्छ मैले केही महत्वकांक्षा प्रयोग गरे जब केही महत्वपूर्ण उपलब्धी हासिल गरें । तर, पूर्ण क्षमतावान् थिएँ महत्वकांक्षा हुनका लागि । मेरो राजनीतिक व्यक्तिको जस्तो दिमाग छैन । म धैरै कलात्मक, सिर्जनशील, जिप्सी छु । राजनीतिक परिवारमा हुर्किएपछि केटाकेटीदेखि नै राजनीतिकको बारेमा सुन्दा सुन्दा रुचि कम छ । राजनीति सजिलोसँग बुझिन्छ । 

नेपाली सिनेमाको अहिले राम्रो समय छ । ‘पूर्णबहादुरको सारङ्गी’ भन्ने सिनेमा छ नि पहिलो ५० करोड बढी कमाउने । यो सुरुआत हो । किनकि पहिलेपहिले नेपाली सिनेमाको बजेट र निर्माताले पाउने बजेट ३० लाख मात्रै हो । अहिले सय करोडमा पुगेपछि सम्भावनाको ढोकाहरू खुलेका छन् । 

हामीले सिर्जनशीलता दिनुपर्छ । नेपाली समाजमा किताब पढ्नेहरू बढी छन् । त्यसको मतलब यदि कसैले सिर्जनशील फिल्म बनाउँछ । हाम्रो आफ्नो माटो, परम्परा, कथाहरू फिल्ममा हालेर विश्वस्तरको बनाउन सक्छौं । त्यस्ता फिल्म निर्माताहरु युवापुस्ताहरुमा देखिएका छन् । 

(क्यान्सरलाई पराजित गरेकी अभिनेत्री मनीषा कोइरालासँग पत्रकार विजय कुमारले पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा गरेको संवादमा आधारित)


प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप व्यक्तित्व
सञ्चारकर्मी एवं सामाजिक अभियन्ता खिमा गुरुङको जीवन यात्रा
सञ्चारकर्मी एवं सामाजिक अभियन्ता खिमा गुरुङको जीवन यात्रा सोमबार, साउन ५, २०८२
सकिएका छैनन् प्रीतमका कथा
सकिएका छैनन् प्रीतमका कथा मंगलबार, असार १७, २०८२
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित]
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित] बुधबार, मंसिर १९, २०८१
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित]
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित] आइतबार, मंसिर २, २०८१
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई आइतबार, फागुन २७, २०८०
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्