Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
व्यक्तित्व
  • Home
  • व्यक्तित्व
  • सञ्चारकर्मी एवं सामाजिक अभियन्ता खिमा गुरुङको जीवन यात्रा
सञ्चारकर्मी एवं सामाजिक अभियन्ता खिमा गुरुङको जीवन यात्रा
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, साउन ५, २०८२
Sanvi jeeler
Maoustail service

यतिबेला मैले लाहुरेहरुको व्यवस्थापन र सञ्चालनमा रहेको गोर्खाली रेडियो, पोखरामा स्टेशन मेनेजरको रुपमा काम गर्दैछु । यो मेरो रहर र जिम्मेवारीको यात्रा हो । नेपालकै पहिलो सामूदायिक क्याम्पस, पोखरा बहुमुखी क्याम्पसबाट पत्रकारिता विषयमा स्नातक चौथो वर्षको परीक्षा दिएर नतीजाको पर्खाइमा छु । २०४७ सालमा दोस्रो श्रेणीमा गजेडी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी हुँ । बुटवल बहुमुखी क्याम्पसबाट गणित र स्वास्थ्य विषयमा आइएड गर्दा ३ हजार रुपैयाँ छात्रवृत्ति स्वरुप पाएकी थिएँ । पढ्नमा खुबै चेष्टा थियो मेरो । प्रारम्भिक शिक्षा हासिल गरेको पर्वत, अर्गाउँदी गाउँकै लक्ष्मीदय माविबाट कक्षा १ मा विद्यालय नै टप गर्दाको क्षण धमिलो गरी मन, मस्तिष्कमा घुमिरहन्छ । कक्षा ५ मा उत्कृष्टता हासिल गर्दा २ सय रुपैयाँ नगद पुरस्कार पाएकी थिएँ । भाइको धरालो गर्दै पढेकी थिएँ । त्यतिबेला छोरीलाई पढाउने चलन खासै थिएन ।

२०४४ सालमा हामीहरु पर्वतको महाशिला गाउँपालिका वडा नम्बर १, अर्गाउदी, रुतुङबाट रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर २ गजेडीमा बसाइँसराई गरी आइपुगेका थियौं । सोही गाउँमा रहेको गजेडी माविको कक्षा ८ मा भर्ना हुन आइपुगेकी थिएँ । पहाड र तराईको पढाइमा आकाश–जमिनको अन्तर हुँदोरहेछ भन्ने कुरा मैले त्यतिबेला नै थाहा पाएँ । मेरा बाबा विराज र आमा धनमायाको १२ औं (६ दाजुभाइ र ६ दिदीबहिनीहरु) सन्तानमध्येकी ११ औं सन्तान हुँ म । हामी ६ दिदीबहिनीहरु भए पनि चार दिदीहरु, सानैमा बिते । ६ दाजुभाइमध्ये काँइला दाजु पहिले नै बितेका थिए ।

आफ्नै खुट्टामा उभिनुपर्छ भनेर मैले बुटवलको बेसक्याम्प नजिकै रहेको गे वे अंग्रेजी स्कूलबाट शिक्षण कार्य सुरु गरेकी थिएँ । २०७६ मा आएर पोखराको लोटस एकेडेमीबाट बीट मारें । अनि रेडियोमा पूर्णकालीन भएर सेवा गर्ने अवसर प्राप्त गरेकी छु । यतिबेला रेडियो मात्र होइन, सामाजिक अभियन्ताका रुपमा समेत गतिशील छु । विभिन्न संघ–संस्थाहरुले आयोजना गर्ने महिला सशक्तिकरण, उद्यमशीलता र उद्घोषणलगायतका तालिममार्फत आफूलाई क्रियाशील बनाइरहन पाउँदा हर्षित छु । नयाँ पहिचान बनाउने अवसर पाएकी छु । नौलो परिचय बनाइरहँदा खुसी लाग्छ ।
 


प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप व्यक्तित्व
सकिएका छैनन् प्रीतमका कथा
सकिएका छैनन् प्रीतमका कथा मंगलबार, असार १७, २०८२
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला 
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला  शनिबार, फागुन १७, २०८१
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित]
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित] बुधबार, मंसिर १९, २०८१
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित]
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित] आइतबार, मंसिर २, २०८१
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई आइतबार, फागुन २७, २०८०
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्