लन्डन । तमु समाज युकेले संस्था स्थापना भएको १६ वर्ष पुगेको उपलक्ष्यमा वर्षगाँठ यही सेप्टेम्बर ३० शनिबार लन्डनको विम्बलीस्थित बारहमपार्कमा रहेको आफ्नै समाज घरमा धुमधामसँग मनाएको छ । तमु समाज युकेले विभिन्न परिस्थितिहरूलाई मध्यनजर गर्दै यसपटक बाहिरी अरू संघ संस्थाहरूको अतिथिहरुलाई निमन्त्रणा गरेर बढी तामझाम नगरी पारिवारिक माहोलमा समाज घरमा वार्षिकोत्सव मनाउने निर्णय गरेअनुसार यसरी मनाएको हो । उक्त उत्सव शनिबार बेलुका ६ बजेदेखि सुरू भएर राति ११ बजे समापन भएको थियो ।
औपचारिक कार्यक्रम शुभारम्भ हुनुपूर्व सहभागीले रारा क्याटरिङद्वारा तयार पारिएको स्वादिष्ट खाजा भुजाको आनन्द लिएका थिए । त्यसपश्चात् बाक्लो उपस्थितिलाई सम्बोधन गरेर महासचिव धरमबल गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रम सञ्चालनको क्रममा समाजका अध्यक्ष शिवकुमार गुरुङको सभापतित्वमा उनकी धर्मपत्नी मिना गुरुङ, समाजका सल्लाहकारहरु हाल लन्डनस्थित बार्नेट काउन्सिलको काउन्सिलर कमल गुरुङ प्रमुख अतिथि, समाजकै आमा समूहको पूर्वअध्यक्ष समेत रहेकी उनकी धर्मपत्नी माया गुरुङ (कान्छा), संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ उनकी धर्मपत्नी जयन्ती गुरुङ, पूर्वअध्यक्षहरु अर्जुनकुमार गुरुङ, उनकी धर्मपत्नी विष्णुमति गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, उनकी धर्मपत्नी मिरा गुरुङ, उपाध्यक्षहरु बिन्दु घले, भिमबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष उमादेवी गुरुङ, उपाध्यक्ष मथुरा गुरुङ, सल्लाहकार अधिवक्ता राजु थापा, सल्लाहकार काशीराम बोहोरा, सल्लाहकार तथा आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, सल्लाहकार तथा तमु धिं युकेका पूर्वअध्यक्ष सुव सिङ गुरुङ बीईएम, सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज युकेका संस्थापक अध्यक्ष ले.रि. थमप्रसाद गुरुङ, सल्लाहकार तथा तनहुँ समाज युकेका संरक्षक लेख गुरुङ र अन्य सल्लाहकारहरुलाई विधिवतरूपमा आशनग्रहण गराएपछि उपाध्यक्ष भिमबहादुर गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
त्यसपश्चात् नेपाल र संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय धुन घन्काउँदै उपाध्यक्ष बिन्दु घलेले समाजको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्म गरेका उपलब्धिहरुलाई समेट्दै स्वागत मन्तव्य राखिन् भने तमु समाज युकेका सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज युकेका संस्थापक ले.रि थमप्रसाद गुरुङ, आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ आदिले क्रमश: शुभकामना मन्तव्य राखेका थिए ।
तमु समाज युकेले आफ्नो समाजका सदस्यहरू जसले अन्य संस्थाहरुमा नेतृत्वकर्ताको गरिमामय पदभार सम्हालिरहेकोमा त्यसको प्रशंसा गर्दै सम्मान गरे । सम्मानित हुनेहरुमा घान्द्रुक समाज युकेको अध्यक्ष नारायणसिंह गुरुङ, वा.के.ता. समाज लमजुङ युकेको अध्यक्ष सुब घले र हालसालै निर्वाचित गैर आवासीय नेपाली संघ युकेको सदस्य तथा तमु समाज युकेका सल्लाहकार काशीराज बोहोरा थिए । उनीहरुलाई तमु समाज युकेको उपाध्यक्ष भिमबहादुर गुरुङ, काउन्सिलर कमल गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले फेटा र खादा लगाएर सम्मान गरेका थिए ।
सम्मानकै क्रममा यसवर्ष तमुधिं युकेद्वारा आयोजित नेपाली मेलामा तमु समाज यूकेले भाग लिँदा नृत्य र झाँकी विधामा अहोरात्र खटिएर समाजलाई योगदान दिने सदस्य र कलाकारहरुलाई उपाध्यक्ष, प्रमुख अतिथि र संस्थापक अध्यक्षले खादा लगाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए । कदरपत्र प्राप्त गर्ने सदस्य तथा कलाकारहरुमा सल्लाहकार ज्ञानबहादुर गुरुङ, सदस्यहरु सूर्यकुमारी गुरुङ, लिलकुमारी गुरुङ, कुबिन्धर गुरुङ, मनकुमारी गुरुङ, बिजु गुरुङ, गोपाल गुरुङ, निवर्तमान साँस्कृतिक सचिव सरु गुरुङ राना, तमु कलाकार साँस्कृतिक मञ्च यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ, तमु कलाकार साँस्कृतिक मञ्च यूकेका अध्यक्ष पदमबहादुर गुरुङ, कोसेली नेपाली साँस्कृतिक परिवार युकेका संस्थापक अध्यक्ष अमृत गुरुङ, जरिना गुरुङ, सुमी गुरुङ, दिया लिम्बु, सुजिता गुरुङ सुबिना घले र ओसिएन राना, ओसिस राना, साईमन थापा, सिद्धार्थ गुरुङ र गौरव गुरुङ थिए ।
उक्त अवसरमै झाँकीमा प्रदर्शन गरिने आकर्षक नेपाली घर तयार पार्ने सदस्य अमृत गुरुङ र ज्येष्ठ नागरिक गुमानसिङ गुरुङलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तैगरी, यस वर्ष समाजलाई तन, मन, धन दिएर अहोरात्र खटिएर लाग्ने सदस्यहरुको योगदानको उच्च मूल्यांकन गर्दै पाँच जना सदस्यहरुलाई उत्कृष्ट समाजसेवा सम्मान २०२३ ले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सल्लाहकार अधिवक्ता राजु थापा, सूर्यकुमारी गुरुङ, मनकुमारी गुरुङ, लिलकुमारी गुरुङ र कुबिन्द्री गुरुङ थिए । सम्मानित हुनेहरूलाई उपाध्यक्ष बिन्दु घले, प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाणपत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गरेका थिए ।
सम्मानकै क्रममा समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, गैर आवासीय नेपाली संघ युकेका प्रमुख सल्लाहकार पदमा मनोनित भएकोमा समाजको तर्फबाट उपाध्यक्ष भिमबहादुर गुरुङ र प्रमुख अतिथि काउन्सिलर कमल गुरुङले खादा, फेटा लगाई सम्मान गरेका थिए । यसैगरी निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र श्रीमती मिरा गुरुङको सुपुत्र जसले युकेमा रहेर पनि मुई थाई जस्तो स्पोर्ट्समा उल्लेखनीय उपलब्धि हासिल गरी समाजमात्र होइन सिंगो नेपालीकै शिर उच्च पार्ने काम भएकोमा समाजले खादा र फेटा लगाएर सम्मान गरेको थियो ।।
अन्तमा रारा क्याटरिङको स्वादिष्ट भोजनको आनन्द लिँदै अध्यक्ष शिवकुमार गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, उपाध्यक्ष भिमबहादुर गुरुङ र श्रीमती बिन्दु घले, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ आदिले संयुक्तरुपमा केक काट्ने र स्याम्पेन फोरेर खुशीयाली मनाएका थिए । त्यसपश्चात् महासचिव धरमबल गुरुङले यो कार्यक्रम सफल पार्न जो जसले केक, खाद्य र पेय पदार्थहरु प्रायोजन गरेका थिए । उनीहरु सबैको नाम वाचन गरेर सुनाउँदै धन्यवाद दिएका थिए । प्रमुख अतिथि काउन्सिलर गुरुङ र अध्यक्ष गुरुङले धन्यवाद मन्तव्य राखेपछि कार्यक्रम विधिवतरूपमा समापन भएको थियो ।
कार्यक्रममा समाजकै नृत्यांगनासुमिना गुरुङले मध्यान्तरमा बन्दीपुरैमा.....बोलको गीतमा नाचेर भरपुर मनोरञ्जन दिलाएकी थिइन् । डिजे युवा सदस्य प्रज्वलमान गुरुङको साउण्ड सिस्टम व्यवस्थापनमा सबैले फ्लोर डान्समा रमेर भरपूर मनोरञ्जन लिँदै राति ११ बजेतिर कार्यक्रम अन्त भएको थियो ।