Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Thu 31, July, 2025 बिहीबार, साउन १५, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बीसीसी युकेले धार्मिक पूजापाठका साथ २५६७ औं बुद्ध जयन्ती मनाउँदै  
बीसीसी युकेले धार्मिक पूजापाठका साथ २५६७ औं बुद्ध जयन्ती मनाउँदै  
पूर्ण गुरुङ
पूर्ण गुरुङ बुधबार, वैशाख १३, २०८०
Sanvi jeeler
Maoustail service

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५६७ औं बुद्ध जयन्ती मनाउने भएको छ  । आउँदो मे ५ शुक्रबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका प्रमुख हिज होलिनेश क्याब्जे सेचेन रब्जम रिन्पोछेको बिशेष उपस्थितिमा मनाउन लागिएको उक्त बुद्ध जयन्ती समारोहमा स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर जोन मार्स, बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहने छ ।
दुई चरणमा आयोजना गर्न लागिएको उक्त ५ मे  शुक्रबार बिहान ८.३० देखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका टुल्कु जिग्मे सामतेन र खेन्पो फुर्बा तेम्बाले बुद्ध शाक्यमुनी तथा गणचक्रको पूजा गर्ने भएको छ । त्यस्तै, दोस्रो चरणमा सोही दिन बिहान ११ बजेदेखि एम्पायर हलमा बुद्धजयन्ती मनाइने बीसीसी युकेका उपाध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक रोबिन गुरुङले जानकारी दिए । उनका अनुसार शुरुमा अतिथिहरुको स्वागत, शुभ–मंगल पाठ, मण्डला अफरिङ्ग गरिने छ । त्यस्तै, हिज होलिनेश क्याब्जे सेचेन रब्जम रिन्पोछेले सेतो तारा इम्पावरमेन्ट तथा बौद्ध शिक्षाबारे प्रवचन दिनेछन् ।
उक्त बुद्ध जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी युकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु तयारीमा जुटिरहेका छन् ।  बीसीसी युकेका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सम्पन्न हुन लागेको उक्त कार्यक्रमको अन्त्यमा हिज होलिनेश क्याब्जे सेचेन रब्जम रिन्पोछेले सहभागी भक्तजनहरुलाई इम्पावरमेन्टर तथा लङ्ग लाईफ, गुड फर्चुन एण्ड वीज्डमको अभिषेक (वाङ्ग) प्रदान गर्ने छ ।
सो कार्यक्रमका लागि प्रवेश शुल्कवापत २० पाउण्ड दस्तुर तोकिएको र उक्त कार्यक्रममा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बा वा इभेन्टब्राईट अनलाईनबाट टिकट लिन सकिने कार्यक्रम संयोजक एवं बीसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङले जानकारी गराए । उनले उक्त कार्यक्रमको महत्वलाई बुझेर  युरोप र अमेरीकाबाट समेत थुप्रै भक्तजनहरुले अनलाईनमार्फत टिकट खरीद गरिरहेको हुनाले बेलायतवासी इच्छुक महानुभावहरुले जति सक्दो छिटो आफ्ना सीट सुरक्षित राख्न अनुरोध गरेका छन् ।
बीसीसी युकेको बिशेष निमन्त्रणामा बेलायत आउन लागेका सेचेन रब्जम रिन्पोछेले शुक्रबार ५ मे का दिन बीसीसी युकेद्वारा अल्डरसट र बीसीसी युके लण्डन शाखाद्वारा शनिबार ६ मे का दिन फेल्थाममा आयोजना गर्न लागिएको बुद्धजयन्ती कार्यक्रममा बिशेष सहभागी जनाउने छन् । त्यस्तै, उनले बीसीसी युकेद्वारा आइतबार ७ मे का दिन अल्डरसट बीसीसी गुम्बामा मेडिटेशन हलको उद्घाटन, मेडिसिन तथा पोवा लुङ्ग र सोमबार मे ८ तारिकका दिन बीसीसी गुम्बामा बज्रसत्व इन्पावरमेन्ट टिचिङ्ग प्रदान गर्ने छ ।
करीब १ हप्ता बेलायत भ्रमणमा रहने हिज होलिनेश रब्जम रिन्पोछे १० मे का दिन स्वदेश फर्कने छन् भने मंगलबार ९ मे का दिन बीसीसी युकेले गिल्फोर्डमा बिशेष कार्यक्रमकासाथ बिदाई गरिने संयोजक गुरुङले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ 
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ  बुधबार, साउन १४, २०८२
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी बुधबार, साउन १४, २०८२
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा 
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा  बुधबार, साउन १४, २०८२
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने,  ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने, ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके बुधबार, साउन १४, २०८२
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट मंगलबार, साउन १३, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्