Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Thu 31, July, 2025 बिहीबार, साउन १५, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बीसीसी यूकेको आयोजनामा अल्डरसटमा च्यारिटी डिनर नाईट
बीसीसी यूकेको आयोजनामा अल्डरसटमा च्यारिटी डिनर नाईट
पूर्ण गुरुङ
पूर्ण गुरुङ बुधबार, भदौ २२, २०७९

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विभिन्न उद्देश्यका साथ च्यारिटी डिनर नाईट कार्यक्रम आयोजना गरेको छ । गत आइतबार ५ सेप्टेम्बर बेलुकी अल्डरसटस्थित एम्पायर हलमा उक्त डिनर नाईट आयोजना गरिएको हो ।

कार्यक्रमलाई अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशनका महासचिव डा. धम्मापीया, नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनाल, रस्मुर बरो काउन्सिलका मेयर जोन मार्श, बीसीसी यूके अध्यक्ष धर्म तामाङ र बीसीसी यूके आमा अध्यक्ष उर्मिला गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । 

कार्यक्रममा अन्तर्राष्ट्र्रिय बुद्धिष्ट कन्फेडेरेशनका महासचिव डा. धम्मापीयाले प्रमुख अतिथिको आशनबाट मन्तव्य दिँदै, बीसीसी यूकेले गर्दै आएको परोपकारी कार्यको लागि धन्यवाद दिदै सबैमा सुख, शान्ति, सम्वृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरे । साथै, उनले बौद्ध शिक्षा बारे बोल्दै, बौद्ध दर्शनमा महत्वपूर्ण मानिने दान, शील र भावना बारे चर्चा गरे । त्यस्तै, उनले, हामी जहाँ बसेता पनि आफ्नो भाषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

नेपाली समुदाय बेलायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बिशेष अतिथि नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालले बीसीसी यूकेले बौद्ध शिक्षा एवं परम्परालाई संरक्षण तथा संवर्द्धन गर्दै विभिन्न परोपकारी कार्यहरु गर्दै आएकोमा धन्यवाद दिए । त्यस्तै, रस्मुर बरो काउन्सिलका मेयर जोन मार्शले रस्मोर बरो काउन्सिलमा १० प्रतिशत नेपालीहरुको बसोबास रहेको चर्चा गर्दै बीसीसी यूकेले गर्दै आएको विभिन्न परोपकारी कार्यको लागि धन्यवाद दिए ।

Sanvi jeeler
Maoustail service

कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष धर्म तामाङले बीसीसी यूके सन् २००७ सालमा स्थापना भएको स्मरण गर्दै स्थापनादेखिनै सबैको साथ र सहयोगले गर्दानै सफलता मिलेको बताउँदै सबै सहयोगदाताहरुमा धन्यवाद ज्ञापन गरे । साथै, उनले प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि पाहुनाहरु, बीसीसी यूकेका धर्मगुरु, उक्त च्यारिटी डिनर नाईट सफल बनाउन कार्यक्रम संयोजन गरेका बीसीसी यूकेका उपाध्यक्ष रोबिन गुरुङलगायत कार्यसमिति, आमाहरु, भक्तजनहरु, सहयोगदाताहरु एवं सहभागी सबैमा धन्यवाद दिए ।

त्यस्तै, कार्यक्रममा बीसीसी यूकेका उपाध्यक्ष एवं प्रोजेक्ट मेनेजर हर्क गुरुङले बीसीसी यूकेको स्थापना, गुम्बा निर्माण संगसंगै यसले गर्दै आएको विभिन्न धार्मिक एवं परोपकारी कार्यहरुको बारेमा जानकारी गराए । साथै, उनले च्यारिटी डिनर नाईटको उद्देश्य र नयाँ परियोजनाबारे पावर पोइन्ट प्रिजेन्टेशन गर्दै सहयोगका लागि सबैमा हार्दिक अपील गरे ।

विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको उक्त च्यारिटी डिनर नाईटमा नेपाली समुदाय बेलायतमा क्रियाशिल सयपत्री कल्चरल ग्रुप, शेर्पा एशोसिएसन, ब्रिशा, प्रश्न, दिवा, समीर, सोफियालगायतले विभिन्न गीतमा नृत्य प्रस्तुत् गरेका थिए भने नेपाली समुदाय बेलायतमा परिचित गायिका ममता गुरुङले विभिन्न गीतहरु प्रस्तुत् गरिन् । त्यस्तै, बीसीसी यूकेका टुल्कु गुरु जिग्मे सामतेन, खेन्पो केल्जेङ्ग, लोपेन नोर्बुलगायत आमाहरुले अष्टमंगल, मलम पाठलगायत “ज्ञानका लागि ध्यान” भजन प्रस्तुत् गरेका थिए ।
  
कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङ, मगर संघ यूकेकी अध्यक्ष सीता पुन, शेर्पा एशोसिएशन यूकेका अध्यक्ष आङ्गदावा शेर्पा, शिव कल्चरल कम्युनिटी सेन्टर यूकेका  अध्यक्ष वाचस्पति रेग्मी, सहारा यूकेका अध्यक्ष लेरि कुसाङ्ग गुरुङ, ग्रेटर रस्मुर नेपाली कम्युनिटी अध्यक्ष मान गुरुङ, थाउजन्ट बुद्ध संघ रेडिङका अध्यक्ष मेजर समुन्द्र गुरुङ, डायमन्ड बुद्धिष्ट कम्युनिटी सेन्टरका अध्यक्ष योगेश गुरुङ, तामाङ सोसाईटी यूकेका अध्यक्ष ज्ञान तामाङ, बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठ, गोर्खा भूतपूर्व सैनिक संघका (गेसो) अध्यक्ष कृष्ण कुमार राई, बीसीसी यूके लन्डन शाखा अध्यक्ष गोपाल तामाङ, आमा अध्यक्ष दिलमाया गुरुङलगायत  संघसंस्थाका प्रतिनिधि, उद्यमी, व्यापारी, शुभचिन्तक, भक्तजनहरुको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ विएमई, निवर्तमान अध्यक्ष नरेश गुरुङ, निवर्तमान आमा अध्यक्ष पुष्पा गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ र सल्लाहकार मेजर डमर घलेले बीसीसी यूकेलाई दिएको अतुलनीय योगदानलाई कदर गर्दै प्रसंशा पत्रले सम्मान गरेका थिए । त्यस्तै, बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, श्रीप्रसाद गुरुङलगायतले गरेको स्वयंसेवालाई कदर गर्दै सम्मान गरियो । संगसंगै गुम्बाको दैनिक क्रियाकलापमा बिशेष समय दिएवापत बिष्णु गुरुङ, बत्ति गुरुङलगायतलाई खादा लगाई सम्मान गरिएको थियो । साथै, सयपत्री कल्चरल ग्रुपलगायत कार्यक्रममा प्रस्तुती दिएका कलाकारहरुलाई खादा लगाई सम्मान गरे ।  

बीसीसी यूकेको ट्रष्टी बनेका नयाँ सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोबिन गुरुङले प्रमुख अतिथि, बिशेष अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि, संस्थापक अध्यक्ष एवं पूर्व अध्यक्षहरु, ट्रष्टीज, उद्यमी, व्यापारी, विज्ञापनदाता, सहयोगदातालगायत  सहभागी सबैलाई  स्वागत मन्तव्य प्रकट गर्दै उपस्थितिका लागि धन्यवाद दिए ।

राफल ड्र समेत खेलाइएको उक्त कार्यक्रममा लिलाम बढाबढ (अक्सन) समेत गरिएको थियो । उक्त अक्सनमा विभिन्न दाताहरुले महत्वपूर्ण सामाग्रीहरुलाई स्पोन्सर गरेका थिए । उक्त अक्सनलाई बीसीसी यूकेका प्रोजेक्ट असिस्टेन्ट मेनेजर बिष्णु तामाङले संचालन गर्दै विभिन्न सामाग्री प्रदान गरेका र अक्सनमार्फत सामान खरीद गरेका विभिन्न दानबीरहरुलाई धन्यवाद दिए । त्यस्तै, बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले राफल ड्रका लागि पुरस्कार प्रायोजन गर्ने र पुरस्कार पाउने विजेताहरुलाई धन्यवाद दिए ।

बीसीसी यूकेका अध्यक्ष धर्म तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आमा अध्यक्ष उर्मिला गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, आमा सचिव एवं प्रवन्धक शारदा गुरुङ, सल्लाकार जंगबहादुर गुरुङ, सानु लामालगायत बीसीसी यूकेका कार्यसमिति, आमाहरु, ट्रष्टीज एवं शुभचिन्तकहरुले बिशेष भूमिका खेलेका थिए । त्यस्तै, महासचिव क्याप्टेन देब घलेले औपचारिक कार्यक्रमको संचालन गरेका थिए भने बीसीसी यूके कल्चरल सेक्रेटरी पञ्च तामाङको साँस्कृतिक कार्यक्रमको संयोजन र विभा गुरुङले साँस्कृतिक कार्यक्रमलाई संचालन गरेकी थिइन् ।


प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ 
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ  बुधबार, साउन १४, २०८२
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी बुधबार, साउन १४, २०८२
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा 
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा  बुधबार, साउन १४, २०८२
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने,  ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने, ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके बुधबार, साउन १४, २०८२
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट मंगलबार, साउन १३, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्