लन्डन । बेलायतको गिल्डफोर्डस्थित स्टोक पार्कमा सम्पन्न ‘क्यान्सर रिसर्च यूके रेस फर लाइफ’ मा तमु धीं यूके आमा समूहका ४४ जना धावकले सहभागिता जनाएका छन् ।
तमु धीं यूके आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ तथा महासचिव शान्ता गुरुङको संयोजकत्वमा धावकहरू सहभागी भएका हुन् । शनिबार भएको दौडमा उक्त टोलीले ३के ५के र १०के दौडमा सहभागिता जनाई सफलतापूर्वक पूरा गरेको छ ।
तमु धीं यूकेका उपाध्यक्ष दिलमाया गुरुङ, संस्कृति सचिव बिनु गुरुङ, लन्डन इकाईका आमाअध्यक्ष देवकला गुरुङ, आमा समूहका संस्थापक अध्यक्ष पुनम गुरुङ, मञ्जु सीता गुरुङ, मञ्जु गुरुङ, पवित्रा गुरुङ, प्रेमा गुरुङ, लमजुङ समाज यूकेको अध्यक्ष तारा गुरुङ, निवर्तमान महासचिव यशोदा गुरुङ, नन्दा गुरुङ, जयन्ती गुरुङ, सेभेन सिस्टर पार्वती नेपाली (माइला कान्छा) सहित तमु धीं यूके आमा समूहका सबै आमाहरूले भाग लिएका थिए । उनीहरूले गिल्डफ़ोर्ड स्टोर्क पार्कमा दौड पूरा गरी आर्थिक सहयोगसमेत गरेका छन् ।
यस वर्ष तमु धीं आमा समूह युकेको तर्फबाट क्यान्सर रिसर्च रेस फर लाइफलाई ३ हजार ५०० पाउन्ड हस्तान्तरण गरिएको हो । यो च्यारिटीबाट विश्वव्यापी रूपमा २०० थरिका क्यान्सरबाट पीडित महिला, पुरुष तथा बालबालिकाको उपचार र उन्मुलनमा खर्च गरिनेछ ।
-1784417838.jpg)
बाँकी १ हजार ६०० पाउन्ड भने नेपालमा सहयोगका लागि छुट्याइएको छ । रेस फर लाइफबाट यस वर्ष ५ हजार १०० पाउन्ड संकलन भएको थियो । तमु धीं यूके आमा समूहले सन् २०१३ देखि सहभागिता जनाउन सुरु भएको थियो । त्यसयता निरन्तर सहभागी भइरहेको छ ।
रकम हस्तान्तरण गरिसकेपछि भाग लिएका सबैलाई आमा समूहका अध्यक्ष र महासचिवले प्रमाणपत्र दिएका थिए । लन्चको व्यवस्था पनि थियो ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, सहकोषाध्यक्ष प्रेमराज गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्ष ग्याम गरुङ, कार्य समिति सदस्यहरू भोज गुरुङ र विनोद गुरुङ सल्लाहकार शान्त गुरुङ, सपन राई, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायत पनि सहभागी भएर हौसला दिएका थिए ।
दौड क्यान्सर रोग विरुद्ध जनचेतना जगाउने अभिप्रायले बेलायतमा हरेक वर्ष हुने गरेको छ । सन् १९९४ मा लन्डनबाट सुरु भएको यस दौडमा पहिलो वर्ष ७५० महिला सहभागी भएका थिए ।
दौडमा सहभागी भएर सहयोग गर्न पाउँदा गौरवान्वित महसुस भएको तमु धीं यूके आमा समूहले जनाएको छ । अन्त्यमा तमु धीं यूके आमा समूहकी अध्यक्ष कमलादेवीले रेस फर लाइफको सहभागिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहयोगी दातासहित सबैलाई धन्यवाद दिएकी थिइन् ।