बेलायत । संयुक्त अधिराज्य (UK) का Prime Minister Keir Starmer ले अल्डरसटमा वृद्ध गोर्खा भूतपूर्व सैनिकहरूमाथि भएको नश्लीय आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।
सांसद Alex Baker ले संसद्मा उठाएको प्रश्नको जवाफ दिँदै Starmer ले बेलायती सशस्त्र बलमा गोर्खाहरूको योगदान अतुलनीय रहेको र सरकार उनीहरूको साथमा दृढतापूर्वक उभिएको बताए। अल्डरसटको एउटा पार्कमा युद्ध स्मारक नजिकै बसिरहेका वृद्ध गोर्खाहरूलाई 'आफ्नो घर फर्क' भन्दै गरिएको दुर्व्यवहारलाई उनले 'पूर्ण रूपमा लज्जास्पद' संज्ञा दिए।
सांसद Baker ले गोर्खाहरूको सुरक्षासँगै लामो समयदेखि समाधान हुन नसकेको Pension को मुद्दालाई समेत अहिले नै सम्बोधन गर्ने उपयुक्त समय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। यसको सम्बोधन गर्दै Prime Minister ले Pension को विशेष मुद्दा सुल्झाउन रचनात्मक छलफलहरू भइरहेको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने जानकारी दिए। उनले गोर्खाहरूको वीरता र सेवाको कदर गर्दै यस्ता निन्दनीय कार्यका विरुद्ध सम्पूर्ण सदन एकमत हुनुपर्नेमा जोड दिए।
सांसद र प्रधानमन्त्री बीच भएको संवाद
सांसद Alex Baker:
"यो हप्ता, जब हामी हाम्रो देशको सेवा गरेका र गरिरहेका व्यक्तिहरूलाई सम्मान गर्दैछौँ, हाम्रा War Memorial नजिकैको एउटा पार्कमा वृद्ध गोर्खा भूतपूर्व सैनिकहरूमाथि दुर्व्यवहार गरियो र उनीहरूलाई 'आफ्नो घर फर्क' भनियो। के Prime Minister र यो सदन यस नीच र निन्दनीय आक्रमणको विरुद्धमा मलाई साथ दिनुहुनेछ र हाम्रा गोर्खाहरूको वीरताको प्रशंसा गर्नुहुनेछ? के उहाँ मसंग सहमत हुनुहुन्छ कि गोर्खाहरूले हाम्रो देशका लागि धेरै ठुलो योगदान दिएका हुनाले, उनीहरूको लामो समयदेखि थाती रहेको Pension को मुद्दालाई समाधान गर्ने अहिले नै उपयुक्त समय हो, जसका लागि हामीले काम पनि गरिरहेकाब छौँ?"
प्रधानमन्त्री Keir Starmer:
"म माननीय प्रस्तावकज्यूलाई उहाँको प्रश्नका लागि धन्यवाद दिन चाहन्छु। उहाँ हाम्रा Armed Forces को ठुलो समर्थक हुनुहुन्छ र यो हप्ता राष्ट्रिय उत्सवहरू पुनः हुन लागेका छन्, जुन उहाँकै अभियानको परिणाम हो। उहाँले उल्लेख गर्नुभएको यो Racist आक्रमण पूर्ण रूपमा लज्जास्पद छ, र म यसको कडा निन्दा गर्दछु। म आशा गर्दछु कि सम्पूर्ण सदनले यसको निन्दा गर्नेछ। हामी हाम्रा गोर्खाहरूको साथमा छौँ, जसले हाम्रा Armed Forces मा अतुलनीय योगदान दिएका छन् र निरन्तर दिइरहेका छन्। Pension को विशेष मुद्दाका सन्दर्भमा, रचनात्मक छलफलका लागि बैठकहरू भइरहेका छन् र आगामी दिनमा पनि जारी रहनेछन्, र म यस विषयमा उहाँको समर्पित कार्यको उच्च कदर गर्दछु।"