बेलायत । आगामी सेप्टेम्बर ११ देखि १३ तारिखसम्म आयोजना हुन लागेको '100K Trail Walker' प्रतियोगिताका लागि तमु धीं यूकेको टोलीले आफ्नो तयारीलाई थप मजबुत बनाएको छ । यसै क्रममा ५ जुन २०२६ शुक्रबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म टोलीले अल्डरसटको Queens Avenue बाट Basingstoke सम्मको करिब ३० किलोमिटर दूरी पार गर्दै विशेष ट्रेनिङ पूरा गरेको छ ।
शान्त कुमार गुरुङको नेतृत्वमा रहेको धावकहरुको टोलीमा उपाध्यक्ष कमल गुरुङ, सल्लाहकार तर्कजंग गुरुङ र आजीवन सदस्य भीम गुरुङ सहभागी थिए । टोली Basingstoke पुगेपछि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, पूर्व अध्यक्ष कमल गुरुङ, एआरएनएका पूर्व अध्यक्ष तथा तमु धीं यूके आमा समूहका संस्थापक अध्यक्ष पुनम गुरुङ, तमु धीं यूकेको उपाध्यक्षकी धर्मपत्नी जयन्ती गुरुङ लगायतले उनीहरुलाई भव्य स्वागत गरेका थिए ।
Basingstoke स्थित 'Hans Buffet Restaurant' मा टोलीका लागि लन्चको व्यवस्था गरिएको थियो । तमु धीं यूकेका पूर्व अध्यक्ष कमल गुरुङ र एनआरएनएका पूर्व अध्यक्ष तथा तमु धीं यूके आमा समूहका संस्थापक अध्यक्ष पुनम गुरुङले धावकहरुलाई न्यानो आतिथ्यता साथ लन्चको व्यवस्था गरिएको थियो । सो अवसरमा अध्यक्ष जुमकाजी गुरुङले टोलीको तयारी राम्रो भइरहेकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिए । धावकहरुलाई एनआरएनएका पूर्व अध्यक्ष तथा तमु धीं यूके आमा समूहका संस्थापक अध्यक्ष पुनम गुरुङले खादा ओढाएर सम्मान गरेकी थिईन् ।
Basingstoke मा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, पूर्व अध्यक्ष कमल गुरुङ, एआरएनएका पूर्व अध्यक्ष तथा तमु धीं यूके आमा समूहका संस्थापक अध्यक्ष पुनम गुरुङ, तमु धीं यूकेको उपाध्यक्षकी धर्मपत्नी जयन्ती गुरुङ र गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु उपस्थित थिए ।
टोलीका संयोजक शान्त कुमार गुरुङले हौसला प्रदान गर्ने तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, पूर्व अध्यक्ष कमल गुरुङ, एनआरएनएका पूर्व अध्यक्ष तथा तमु धीं यूके आमा समूहका संस्थापक अध्यक्ष पुनम गुरुङ, तमु धीं यूकेको उपाध्यक्षकी धर्मपत्नी जयन्ती गुरुङ र गोर्खा मिडियाप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए ।
उनले आगामी दिनमा ट्रेनिङको दूरीलाई थप बढाउँदै लैजाने र Reading तथा London का विभिन्न क्षेत्रमा अभ्यास गर्दै जाने योजना रहेको संयोजक शान्त कुमार गुरुङले बताए । सेप्टेम्बरको मुख्य प्रतियोगितालाई लक्षित गरी तमु धीं यूकेको यो टोली हरेक हप्ता प्रशिक्षणमा जुटिरहेको छ ।





