लन्डन । ग्यालिपोली डे तथा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ग्यालिपोली कम्पनीको आयोजनामा शनिबार अल्डरसटस्थित दि लन्ज रेस्टुरेन्टमा कार्यक्रम भएको हो ।
दिउँसो २:२० बजे सुरु भएको औपचारिक कार्यक्रम तर्कजंग गुरुङले सञ्चालन गरेका थिए । शान्तकुमार गुरुङले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी गराए । अमृत गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
प्रमुख वक्ताका रूपमा रहेका मेजर जे. एल. डिभाइसले ग्यालिपोली कम्पनी तथा ग्यालिपोली युद्धको इतिहासबारे प्रकाश पारेका थिए । साथै, क्याप्टेन वीरबहादुरले पनि ग्यालिपोली युद्धसम्बन्धी मन्तव्य राखेका थिए ।
युद्धमा वीरगति प्राप्त व्यक्तिहरूको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो । औपचारिक कार्यक्रमपछि मनोरञ्जनात्मक प्रस्तुति भएको थियो ।
जसको सञ्चालन कुमार गुरुङ, कुमार घले र क्याप्टेन दीपक घलेले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा डान्सर सरिश्मा राम्जालीको नृत्य तथा गायिका सबिना बुढा मगर, निरा थापा मगरको गायनले रौनक थपेको थियो ।
अन्त्यतिर राइफल ड्र आयोजना गरिएको थियो । ड्रका लागि मेजर धर्मसहित ग्यालिपोलीका वरिष्ठ सदस्यले सहयोग गरेका थिए । उनीहरूलाई खादा लगाएर सम्मान गरिएको थियो ।
मिन गुरुङ, कमला (क), शारदा, मीना र कमला (ख) को सक्रियतामा रिसेप्सन भएको थियो । अन्त्यमा मेजर धर्म गुरुङले धन्यवाद मन्तव्य राखेका थिए । उनले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण व्यक्ति, अतिथि तथा सहभागीप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोग र एकताको अपेक्षा गरे ।