अल्डरसट । सहारा यूकेले आफ्ना ३० जना सल्लाहकारलाई स्वागत गरेको छ । २९ मार्चमा अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न बैठकले नयाँ सल्लाकार चयन गरेर स्वागत गरेको हो ।
सहारा यूकेका अध्यक्ष शारदा गुरुङ र संस्थापक अध्यक्ष नवीन गुरुङले चयन भएका सल्लाहकारहरूलाई खादा लगाएर स्वागत गरेका थिए । बैठकमा पोखरामा सम्पन्न २५औँ आहारारा गोल्ड कपसहित संस्थाका अन्य गतिविधिको समीक्षा गरिएको थियो ।
संस्थाका अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा बसेको बैठक महासचिव प्रकाश गुरुङले सञ्चालन गरेका थिए । सुरुमा स्वास्थ्य र सुरक्षाबारे महासचिवले नै बताएका थिए ।
स्वागत मन्तव्य उपाध्यक्ष क्याप्टेन पीताम्बर गुरुङले राखेका थिए । सल्लाहकार अमृत गुरुङको ससुरा दिवंगत भएकोमा एक मिनेट मौन धारणसमेत गरेका थिए । कोषाध्यक्षको अनुपस्थितिमा अध्यक्षले नै आयव्यय प्रस्तुत गरेका थिए ।

बैठकमा हालै भएको नेपाल भ्रमणको बारेमा अपडेट गराइएको थियो । आहारारा गोल्डकपको बारेमा विस्तृत् छलफल तथा समीक्षा भएको थियो ।
यस्तै, आगामी गोर्खाकप, सहारा यूके अक्षय कोषको बारेमा, सहारा यूके ट्रयाकसुट तथा स्कार्फको बारेमा पनि अपडेट गराइएको थियो । २४ देखि २६ जुलाईमा हुने सहारा यूके फेमिली क्याम्पेनबारे छलफल भएको थियो ।
कार्यक्रममा सहारा यूकेका अध्यक्ष शारदा गुरुङले संस्थाको प्रचारप्रसारमा सहयोग गर्ने गोरखा मिडियाका मिलन तमु, कान्तिपुर दैनिकका आश गुरुङ, आदर्श समाज दैनिक पोखराका प्रकाश ढकाल, पोखरा स्पोर्ट्स डटकमका केशव पाठक, शितलपाटी न्युजका बचस्पति रेग्मी, एभरेष्ट एफएम पोखराका दीपेन्द्र श्रेष्ठ, एभरेष्ट टाईम यूकेका दुत पुन र एसके गुरुङलाई धन्यवाद् दिएका थिए ।
अन्त्यमा अध्यक्षले सबैलाई धन्यवाद दिँदै बैठक समापन गरेका थिए ।
स्वागत गरिएका सल्लाहकारहरू:
