काठमाडौं । गुरूङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन)को अध्यक्षमा बाबुराम गुरुङ चयन भएका छन् ।
संघको १४ औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशनबाट बाबुराम को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । पिताम्बर गुरुङको अध्यक्षतामा र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा पर्यटनमा गुरुङ नामक दोस्रो संस्करणको स्मारिका विमोचन पनि गरिएको थियो । कार्यक्रम प्रमुख अतिथि,अध्यक्षले संयुक्तरूपमा दीप प्रज्ज्वलन गरी समुदघाटन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य जीटीनका अध्यक्ष पिताम्बर गुरुङले राखेका थिए भने कार्यक्रममा शुभकामना मन्तव्य कार्यक्रमका प्रमुख अतिथि जुद्धबहादुर गुरुङ,संस्थापक अध्यक्ष कुलबहादुर, गुरुङ पर्यटन व्यवसायी संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष किसम कुमारी गुरुङ,संस्थापक अध्यक्ष बबरजङ गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा डा.हर्क बहादुर गुरुङ सम्मानबाट गुरुङ पर्यटन व्यवसायी संघ नेपालका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ सम्मानित भएका थिए भने गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बबरजंग गुरुङ,मादी गाउँपालिका अध्यक्ष देवीजङ गुरुङ,मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ,क्व्होंलासोंथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ सार्वजनिक प्रसारण संचालक समितिका सदस्य अनिता गुरुङ, पत्रकार अमृत भादगाउँले,मिस ट्युरिजम गरिमा गुरुङलगायत सम्मानित भएका थिए ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा,तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङ,गुरुङ पर्यटन व्यवसायी संघ नेपालका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ,पूर्वअध्यक्ष कमला गुरुङ,पूर्वअध्यक्ष अम्बिर गुरुङ, मानवशास्त्री डा.टेकबहादुर गुरुङ,सार्वजनिक प्रसारण संचालक समितिका सदस्य अनिता गुरुङ, गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बबरजंग गुरुङ,गुरुङ पर्यटन व्यवसायी संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङ, ठमेल पर्यटन बोर्डका अध्यक्ष गीत गुरुङ,तमु कलाकार संघ अध्यक्ष नेपालका अध्यक्ष सागर गुरुङ, गुरुङ पर्यटन व्यवसायी संघ नेपालका सचिव दिल गुरुङ,कोषाध्यक्ष अभिनाष गुरुङ, संघ संस्थाका प्रमुख,प्रतिनिधिहरु,पत्रकारहरु, बुद्धिजीवी महानुभवहरु तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम गुरुङ पर्यटन व्यवसायी संघ नेपालका महासचिव जय गुरुङले संचालन गरेका थिए ।

