पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालको ४२ औं वार्षिक साधारणसभा तथा १७ औं महाधिवेशन असोज ९ र १० गते पोखरा हुने भएको छ।
आगामी नेतृत्वको लागि आन्तरिक छलफल जारीसँगैं निर्वाचन समितिले आइतवार निर्वाचन तालिका सार्वजनिक गरेको छ। प्रमुख निर्वाचन अधिकृत तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङले जारी गर्नुभाएको तालिका अनुसार भदौ ३१ गते मतदाता नामावली प्रकाशन, असोज ३ गते मनोनयन दर्ता, असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असोज १० गते मतदान गर्ने निर्वाचन कार्यसुची रहेको छ।
निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङ, पुर्व उपाध्यक्ष अधिवक्ता अनिता गुरुङ, पुर्व महासचिव रुद्रकुमारी गुरुङ मैना, क्याप्टेन चन्द्रप्रसाद गुरुङ रहेका छन् । तमु धिं नेपालको बिधान बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष प्रत्यक्ष निर्वाचित र केन्द्रिय सदस्यहरु सबै क्षेत्र भेक, लैंगिक, तमु थरहरु साथै बिधागत आधारमा चयन गरिन्छ। ्अ
अध्यक्षका लागि कम्तीमा एक कार्यकाल पदाधिकारी र अन्य पदाधिकारी पदका लागि एक कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था रहेको छ। उम्मेदवारी दर्ताका लागि मनोनयन फारमसँगै आफ्नो जिल्ला, पालिका, तमु समाज, सम्बद्ध समितिबाट पद खुलाई सिफारिस पेश गर्नुपर्ने प्रावधान उम्मेदवारले पालना गर्नुपर्ने नियम रहेको निर्वाचन समितिले उल्लेख गरेको छ।
को बन्ला तमु धिं नेपालको अध्यक्ष?
२०४२ साल जेठ ५ गते स्थापित तमु धिंको संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी कर्म तमुको सफल उदाहरणीय ३६ वर्ष नेतृत्व अविष्मरणीय छ, त्यसपश्चात दोस्रो पुस्ताबाट नेतृत्व वर्तमान अध्यक्ष हुमबहादुर गुरुङले गरिरहेका छन् । गुरुङको नेतृत्वको दोस्रो कार्यकाल अर्थात ६ वर्षिय अवधी समाप्त हुँदै गर्दा संस्थापक अध्यक्ष कर्म तमुको योगदानमा थप इट्टा थप्ने काम गरे ।
वर्तमान अध्यक्ष गुरुङले १७ औं महाधिवेशनबाट जिम्मेवारी हस्तान्तरण गर्ने सोंचमा छन् भने फेरि अध्यक्ष हुनुपर्ने दबाब खेपिरहेकाछन । सर्वसम्मत पदाधिकारीको टिम तयार गर्न अध्यक्ष गुरुङले पहल गरिरहेको र निर्वाचन तालिका अनुसार मनोनयन दर्तासम्म एकल उम्मेदवारी दर्ता गराउने वातावरणका लागि जुटिरहेका छन् । समाजमा सेवा समर्पणका लागि जिम्मेवारी प्राप्त गर्न मतदानको अवस्थामा पुगे मत मात्रै होइन मन पनि बाडिने भएकाले सर्वसम्मतिमै तमु धि नेपालको नेतृव चयन गर्नुपर्दछ । अध्यक्ष गुरुङले जिम्मेवारीबाट बिदा लिएमा वरिष्ठ उपाध्यक्ष अनुभवी अग्रज सुवेदार मेजर श्रीप्रसाद गुरुङले नेतृत्व गर्ने बताइन्छ ।