पोखरा । सहारा यूकेले कास्कीको माछापुच्छ्रे गाउँपालिका सिदिङमा अवस्थित सरस्वती आधारभूत विद्यालयमा ३ लाखको अक्षय कोष स्थापना गरिदिएको छ ।
गरिब तथा जेहेनदार विद्यार्थीका लागि अक्षय कोष स्थापना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सहारा यूकेका अध्यक्ष शारदा गुरुङले प्रधानाध्यापक शान्ति तामाङ र विद्यालय व्यवस्थापन समितिका सभापति बुद्धि तामाङलाई बुधबार ११ फेब्रुअरीमा अक्षय कोष रकमको चेक हस्तान्तरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका सभापति बुद्धि तामाङको अध्यक्षतामा भएको कार्यक्रम सम्पूर्ण व्यवस्थापन प्रधानाध्यापक तामाङले गरेकी थिइन् । कार्यक्रम संचालन शिक्षक शालिग्राम गौतम र अतिथि सत्कार शिक्षक दिन्दु तिम्सिनाले गरेकी थिइन् ।
२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त विद्यालयको पुनर्निर्माणका लागि सहारा यूकेको पहलमा बोनइन क्रोकम रोटरी क्लब यूकेले पर्खाल, फर्निचर सहयोग गरेको थियो । हाल सो विद्यालयमा १२२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
कार्यक्रममा सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, पूर्वअध्यक्षहरु मीनबहादुर गुरुङ,लेरि कुसाङ गुरुङ,संस्थापक सल्लाहकार महेश गुरुङ, मेजर ललित गुरुङ,पूर्वहङकङ टिचर ज्योति गुरुङ, पूर्वडीएसपी बाचस्पति रेग्मी, सुवेदार मेजर तेजबहादुर गुरुङ एवम् सहारा यूकेका सदस्यहरु, वडा नम्बर ९ का वडा सदस्य रामहरि गुरुङ, अनु गुरुङ लगायतको उपस्थिति थियो ।
सहारा यूकेको टिम पोखरा हेम्जा मिलन चोक मनिलालमार्ग हुँदै घलेल सिदिङ स्कुल, ईमू, साइटीघट्ट गौरीशंकर मनिलाल माध्यमिक विद्यालय पुगी आहा रारा पोखरा गोल्ड कप हेर्न पुगेको थियो ।





