लन्डन । सोंपाल समाज युकेले त ल्होछार भव्य रूपमा मनाएको छ । ३ जनवरी २०२६ शनिबारको दिन ग्रिनफोर्ड कम्युनिटी हलमा सचिव नवराज गुरुङको संयोजकत्वमा तथा समाजको अध्यक्ष जगदीश गुरुङको अध्यक्षतामा ल्होछार मनाएको हो ।
समाजको ज्येष्ठ सदस्य दलबहादुर गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङ रहेका थिए ।

अतिथिमा ज्वाइँ शिवराम गुरुङ MBE अध्यक्ष दक्षिण पूर्वी क्षेत्रीय तमु धीं र बिन्दुमाया गुरुङ भूपू आमा प्रमुख रहेका थिए । चेलीबेटी ज्वाइँ भान्जा भान्जीहरूलाई अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो ।
कार्यक्रम सञ्चालन समाजको महासचिव क्या. रिटायर्ड मोहन गुरुङले गरेका थिए । सुरुआतमा संयोजक सचिव नवराज गुरुङले संस्था र कार्यक्रमबारे भनाइ राखेका थिए । सचिव चन्द्रबहादुर गुरुङले Health and safety बारे जानकारी दिएका थिए ।
यसपश्चात अध्यक्ष जगदीश गुरुङ, प्रमुख अतिथी श्री दल बहादुर गुरुङ, तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा अध्यक्ष श्रीमती मनदेबी गुरुङ, संस्थापक अध्यक्ष बिजय गुरुङ संस्थापक आमा अध्यक्ष श्रीमती नईन्द्र गुरुङ र ज्येष्ठ ज्वाईं इन्द्रबहादुर गुरुङले सामूहिक रूपमा द्विप प्रज्वलन गरेर कार्यक्रम समुद्घाटन गरिएको थियो ।

कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष भरत गुरुङको स्वागत मन्तब्यबाट शुरू गरिएको थियो। शुभकामना सन्देश आमा अध्यक्ष श्रीमती मनदेवी गुरुङले ल्होछार शुभकामना राखेकी थिइन् । संस्थापक अध्यक्ष विजय बहादुर गुरुङले सबै भूपु अध्यक्षको मनशाय समेट्दै शुभकामना ब्यक्त गरेका थिए ।
उनले गीत गाउँदै रमाइलो पनि गरेका थिए । त्यसपछि आमा समूहले भजन गाएका थिए । सांस्कृतिक सहसचिव दीपा गुरुङ र युद्वा गुरुङको सुन्दर नृत्यबाट सांगीतिक कार्यक्रम शुरू गरिएको थियो । सो क्रममा समाजका विभिन्न क्षेत्रमा उपलब्धि पाउने बाबु नानीहरुलाई र ल्हो आउनेलाई खादा लगाई स्यै श्याई गरिएको थियो।

सांगीतिक कार्यक्रममा नाचतिर सन्तोषी गुरुङको एकल सुन्दर नृत्य, दीपा र योद्धा दुई जनाको नाच उत्कृष्ट थियो, खुष्मा र विजयको जोडी राम्रो जमेको थियो साथै नानीहरुको उतिकै राम्रो नाच थियो । नृत्यमा जेनी गुरुङ, सिम्रिक गुरुङ, मोना गुरुङ, सुजन गुरुङ र जय गुरुङको उकृष्ट प्रस्तुति थियो र सबै जना दर्शकहरुले धेरै मनोरञ्जन लिएका थिए ।

यसपश्चात, समाजको सदस्य ज्यूहरुले समाजमा विशेष योगदान दिए अनुसार योगदान लाई मूल्यांकन गर्दै प्रशांश पत्र, सम्मान पत्र र अभिनन्दन पत्र द्वारा संस्थाको संस्थापक आमा अध्यक्ष श्रीमती नयिन्द्र गुरुङलाई उनको योगदानको उच्च मूल्यांकन अभिनन्दन पत्रले गरिएको थियो ।
इन्द्रावती गुरुङलाई संस्थापक आमा उपाध्यक्ष र गएको अक्टोबर २५ मा समाजको च्यारिटी डिनर कार्यक्रममा गरेको प्रशंशायोग्य कार्यको लागि कदर गर्दै उपाध्यक्ष भरत गुरुङलाई प्रशंसापत्रले सम्मान गरियो । त्यसै गरी ल्होछार कार्यक्रममा पेयपदार्थ प्रयोजन गरेका ले. रिटायर्ड भिम बहादुर गुरुङ तथा सेतीमाया गुरुङलाई विशेष प्रशंसापत्रले सम्मान गरिएको थियो ।
नेपालबाट आएका राष्ट्रिय कलाकार कौशल गुरुङको रमाइलो प्रस्तुतिमा सबै झुमेका थिए । नाचेका थिए । सबै आनन्दित भएका थिए । साथै DJ संगीतमा पनि युवाहरु झुमेका थिए।

अन्त्यमा, गुरुङ पहिरनमा सजिएर आएका बालबालिका तथा उपस्थित सदस्यमध्येबाट उत्कृष्ट ४ जनाले नगद पुरस्कार जितेका थिए । रफाल ड्र पनि भएको थियो । जसमा प्रथम पुरष्कार सुनको चन्द्रमा भूपू आमा अध्यक्ष श्रीमती माया गुरुङले पाएकी थिइन् ।


