लन्डन । २० औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिता र फन्डराइजिङबारे बेलायतमा छलफल भएको छ ।
पोखरेली मञ्ज यूकेको आयोजनामा आइतबार ४ जनवरी २०२६ फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा सफल पोखरा म्याराथनबारे प्रि-मिटिङ भएको हो । पोखरेली मञ्ज यूकेका अध्यक्ष करम गुरुङको अध्यक्षतामा बसेको बैठकमा म्याराथन सफल पार्न फन्डराइजिङ, सहभागिता, दौडका क्रममा अपनाउनु पर्ने सुरक्षालगायत विषयमा छलफल भएको उनले १४ फेब्रुअरी अर्थात् फागुन २ मा हुने सफल पोखरा म्याराथनमा क्वोंने गुरुङ समाजबाट झन्डै ५० जना उपस्थित हुने जानकारी दिए । म्याराथन पोखरा रंगशालामा बिहान ७ बजेदेखि सुरु गर्ने जनाइएको छ ।
विगतका वर्षहरूदेखि संयोजन गर्दै आएकी मञ्जु गुरुङ राईले यस वर्ष पनि सोही भूमिका निभाउँदै छिन् । उनले बैठकमा स्वागत मन्तव्य राख्दै फन्डराइजिङबारे जानकारी गराएकी थिइन् । छलफलमा गिनिज वर्ल्ड रेकर्ड होल्डर एवं नेपाल रनका संस्थापक सन्तोष राईले म्याराथनका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, गोर्खा प्यालेसका प्रोपाइरट तथा एनआरएनए आईसीसीका सल्लाहकार सूर्य गुरुङ, पोखरेली मञ्ज यूकेका ट्रस्टी महेश गुरुङ, कार्यसमिति सदस्य पवित्रा भट्टराई, शिव कल्चरल कम्युनिटी सेन्टर अल्डरसटका निवर्तमान अध्यक्ष विक्रम भट्टराई,क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङ, संस्थापक अध्यक्ष नरजंग गुरुङ, पीपल मोर्गेजका डाइरेक्टर सूर्य गुरुङ, एभरेस्ट क्यास एन्ड क्यारीका डाइरेक्टर एबी गुरुङ, बगर भाइखलक यूकेका अध्यक्ष ओमप्रकाश गुरुङ, गोर्खा मिडियाका मिलन तमु, गिनिज वर्ल्ड रेकर्ड होल्डर सन्तोष राईलगायत सहभागी थिए ।



