लन्डन । तमु धीं यूकेको निमन्त्रणामा त ल्हो ( घोडा बर्ग ) ल्होछारका लागि यूके आएका कलाकारद्वय सलोमी गुरुङ र केशबहादुर गुरुङलाई गोर्खा प्यालेस रेस्टुरेन्टमा स्वागत गरिएको छ ।
विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा लन्चसहित स्वागत तथा सम्मान गरिएको हो । ल्होछार कार्यक्रमलाई रोचक र उल्लासमय बनाउनका लागि कलाकारद्वय २१ डिसेम्बरमा यूके आइपुगेका हुन् । ल्होछारमा उनीहरूले बेजोड प्रस्तुति दिनेछन् ।

सो अवसरका ल्होछारलाई कसरी थप व्यवस्थित र स्तरीय बनाउने भन्ने बारेसमेत छलफल भएको थियो । कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्ष ग्याम गुरुङ, उपाध्यक्ष कमल गुरुङ र दिलमाया गुरुङ, NRNA ICC सल्लाहकार सूर्य गुरुङ, ICC सदस्य दिलरास गुरुङको उपस्थिति रहेको थियो ।
यसैगरी, कोषाध्यक्ष अरुण गुरुङ, सञ्चार सचिव सर्बिन्द्र कुमार गुरुङ, सहारा यूकेका पूर्वअध्यक्षहरु कुमार गुरुङ, कुसाङ गुरुङ र कृष्ण गुरुङ, व्यवसायी सूर्य गुरुङ ( पिपल मोर्गेज ), आमा समूहको उपाध्यक्ष जयन्ती गुरुङ र सहारा यूकेको निवर्तमान First Lady जिना गुरुङलगायत उपस्थित थिए ।

