अल्डरसट । सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिबार अल्डरसटको माइती घर रेस्टुरेन्टमा सम्पन्न वार्षिक साधारणसभा तथा अधिवेशनले गुरुङको अध्यक्षतामा नवौँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा क्याप्टेन पीताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दीपक गुरुङ, कोषाध्यक्षमा जगन गुरुङ, सहकोषाध्यक्षमा कुमार थापा, प्रमुख प्राविधिक अधिकृतमा दल गुरुङ, खेलकुद सचिवमा समसेर गुरुङ, युवा संयोजकमा अजय जंग थापा रहेका छन् ।

यसैगरी, सदस्यहरूमा रमेश गुरुङ, सविन्द्र गुरुङ, गम गुरुङ, गंगा गुरुङ, देव गुरुङ, लाल गुरुङ, नारायण गुरुङ, ओम गुरुङ, मिलन तमु र मेग गुरुङ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सदस्यलाई प्रमुख आयुक्त महेश गुरुङ, आयुक्तहरू एकेन्द्र गुरुङ र ज्ञाम गुरुङले शपथ ग्रहण गराएका थिए ।
महासचिव क्या. पीताम्बर गुरुङले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष नवीन गुरुङ, पुर्वअध्यक्षहरू दिलीप गुरुङ एमबीई, मीनबहादुर गुरुङ, कुमार गुरुङ, ले. कुशाङ गुरुङ, कुमार गुरुङ र निवर्तमान अध्यक्ष कृष्ण गुरुङको उपस्थिति रहेको थियो ।

यसैगरी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए आईसीसीका सल्लाहकार सूर्य गुरुङ, तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, एनआरएनए यूकेका संरक्षक डेबिड गुरुङ, कोल्मा बाहकोट यूकेका अध्यक्ष चन्द्र गुरुङ, सल्लाहकारहरू मेजर कृष्ण गुरुङ, मेजर दीपक गुरुङ दिलराज गुरुङ, तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वउपाध्यक्ष थर्क सेनलगायतको उपस्थिति थियो।
निवर्तमान अध्यक्ष कृष्ण गुरुङले नवनिर्वाचित अध्यक्ष शारदा गुरुङसहित कार्य समितिलाई शुभकामना तथा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
