पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी पोखरालाई सहारा एफसी यूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठको समन्वयमा सहयोग हस्तान्तरण गरिएको छ।
श्रेष्ठकी धर्मपत्नी सरिता श्रेष्ठ, ससुराबुबा बुद्धिमान श्रेष्ठ, साली सरस्वती बाटाजु, साढुभाई राजेन्द्र बाटाजु र मामाससुरा चिजकुमार श्रेष्ठले तरकारी, तेल, दाल चामल, चाउचाउ, बिस्कुटलगायत खाद्यान्न संयुक्त रूपमा प्रदान गरेका हुन् ।
उक्त खाद्यान्न एकेडेमी संयोजक विष्णु गुरुङ र बालकहरूलाई हस्तान्तरण गरिएको थियो । ससुराबुबा बुद्धिमान श्रेष्ठले एकेडेमी अक्षयकोषबापत ११ हजार तथा साढुभाइ राजेन्द्र बाटाजु र साली सरस्वती बाटाजुले एकेडेमी सहयोगबापत १० हजार रुपैयाँको चेक एकेडेमी संयोजक विष्णु गुरुङ र वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए ।

सहारा एकेडेमी अवलोकन भ्रमणका क्रममा उनीहरूले सहयोग गरेका हुन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र एकेडेमी संयोजक विष्णु गुरुङले पाहुनालाई फूलका गुच्छा र खादा लगाएर स्वागत गरेका थिए ।
सचिव ज्ञानेन्द्र गुरुङले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्षद्वय विक्रम थकाली र हरिराम गुरुङ, महासचिव गंगाराज पौडेल, कार्य समिति सदस्य अमर बहादुर राजभण्डारी, प्रमीला घले, विजय गुरुङ, एकेडेमी फुटबल कोच एवं पूर्व कास सचिव सुनिल राना, पूर्व कास रबिन श्रेष्ठ एवं एकेडेमी सदस्य सोम जोशीलगायतको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य को क्रममा वरिष्ठ उपाध्यक्षले सहारा एफसी यूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठबाट सहारा एकेडेमी स्थापनादेखि नै निरन्तर सहयोग हुँदै आइरहेको र सहयोगी हात बढाउनसमेत उल्लेख्य योगदान दिएको भन्दै धन्यवाद दिए ।