लन्डन, रश्मूर । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)की अध्यक्ष लिला सेलिङ माबोद्वारा नियुक्त ट्रस्टी र कार्यकारी समितिसँग पहिलो बैठक सम्पन्न भएको छ ।
७ डिसेम्बर २०२५ मा जीआरएनसीकी अध्यक्ष माबोको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । अध्यक्ष माबोले सबैलाई स्वागत गर्दै बैठकको उद्देश्य र महत्त्वबारे छोटकरीमा जानकारी दिइन् । बैठकको उद्घाटन सेवा निवृत्त लेफ्टिनेन्ट तथा महासचिव सुनिल रानाले गरे । उनले बैठकमा वित्तीय प्रतिवेदन प्रस्तुत गरे र नेपाली कक्षा तथा नृत्य कक्षाको प्रगति सम्बन्धमा जानकारी दिए । साथै उनले रिमेम्ब्रेन्स डे २०२५ को संक्षिप्त समीक्षा प्रस्तुत गरे ।
प्रोजेक्ट म्यानेजर सुशीला थापा र सेवा निवृत्त क्याप्टेन/ट्रस्टी लिड गेरी घलेले जीआरएनसीको सीआईओ दर्ता प्रक्रिया र संगठनको विधानसम्बन्धी अद्यावधिक जानकारी दिए । सुशीलाले कम्युनिटी कनेक्ट फण्ड, सीआईओ दर्ता प्रगति र जीआरएनसी सेवाग्राहीहरूले सामना गरेका विभिन्न समस्याहरूको अद्यावधिक जानकारी पनि प्रस्तुत गराइन् ।
प्रोजेक्ट को-ओर्डिनेटर सञ्जय राईले जीआरएनसीका लागि कोष जुटाउने उपायहरू, जस्तै इजी फन्डराइजिङ र अन्य कार्यक्रमहरूको सम्भाव्यता र रणनीतिहरूको जानकारी दिए । सीमा श्रेष्ठले आर्म्ड फोर्सेज फण्डसम्बन्धी विवरण प्रस्तुत गइन् ।
संस्कृति सचिव दिनेश गुरुङले नेपाली नृत्य कक्षाको भविष्यबारे आफ्नो विचार राखे । उपाध्यक्ष डा.विशाल गुरुङले कम्युनिटी गार्डेनसम्बन्धी प्रगति रिपोर्ट दिए र आगामी कामका लागि स्वयंसेवकहरूको आवश्यकताबारे जानकारी गराए ।
कोषाध्यक्ष मिलन रोकाले गत वर्षको वित्तीय विवरण र सीएएफ सेभिङ अकाउन्टसम्बन्धी जानकारी इमेलमार्फत पठाए । पूर्वअध्यक्ष तथा ट्रस्टी चाम चन्द्र गुरुङले तत्कालीन पूर्वअध्यक्ष मान गुरुङसँग समुदायको लग–इन विवरण र ह्यान्डओभरको विषयमा समन्वय गर्ने सहमति जनाए ।
ट्रस्टीहरू रामधन राई र टोप बहादुर पल्लीले पहिले नै ह्यान्डओभर गरिसकेको सामग्रीको स्मरण गराए । कोषाध्यक्ष-२ भाइराजा थापाले जीआरएनसीलाई सकेसम्म सहयोग गर्ने प्रतिज्ञा गरे । यस्तै स्पोर्ट्स सचिव विमल गुरुङ, मिडिया को-अर्डिनेटर मिलन तमुले आ-आफ्नो भूमिका खेलेका थिए ।
सुनिल राना, डा. विशाल गुरुङ, डा. जीत तामाङ, सुशीला थापा, क्याप्टेन रिटायर्ड गेरी घले, सञ्जय राई, सिमा श्रेष्ठ, दिनेश गुरुङ, भाइराजा थापा, बिमल गुरुङ, अनिल थापा मगर, मीना गुरुङ, मिलन गुरुङ, ट्रस्टी लिड गेरी घले, क्याप्टेन रिटायर्ड तम ढेंगा, रामचन्द्र गुरुङ, टप बहादुर पल्ली, रामधन राई र अन्य सदस्यहरूलगायतले बैठक सफल बनाउन सहयोग गरेको अध्यक्ष माबोले जानकारी गराइन् । उनका अनुसार अनुपस्थित ट्रस्टीहरू पूर्वअध्यक्ष तथा पूर्व काउन्सिलर जिव नारायण बेल्वासे, मेजर (सेनि) खिम गौचान, पूर्वअध्यक्ष/ट्रस्टी ओम थापा, उपाध्यक्ष उत्तर गुरुङ, उपाध्यक्ष जित मेन्याङ्बो, उपाध्यक्ष अनित राई, मिलन रोका, प्रवक्ता नारायण गिरिले क्षमायाचना पेस गरेका थिए ।
बैठक अत्यन्तै फलदायी भएको भन्दै अध्यक्ष माबोले यसले ट्रस्टी र कार्यकारी समिति टिमलाई एक–अर्कासँग भेटघाट, परिचय, विचार साटासाट र भविष्यको सहकार्य मजबुत बनाउन अवसर प्रदान गरेको बताइन् । बैठकमा सबै सदस्यहरूले आगामी वार्षिक साधारणसभा (एजीएम) २०/१२/२०२५ को तयारीबारे जानकारी लिएका थिए ।
अन्त्यमा अध्यक्ष माबोले जीआरएनसीको भविष्यका लागि दिएको योगदान र बहुमूल्य सुझावको प्रशंसा र उपस्थित सबै सदस्यलाई धन्यवाद दिए ।





