लन्डन । योगिक साइन्सका पीएचडी स्कलर तथा अन्तर्राष्ट्रिय आकाशा मास्टर हिलर इन्द्र गुरुङ र राजीश्वरी श्रेष्ठ हाल बेलायत भ्रमणमा रहेका छन् । उनीहरूले पहिलो पटक बेलायतमा आकाशा वेलनेस एन्ड हिलिङ रिट्रिट (Akasha Wellness & Healing Retreat) आयोजना गर्ने भएका छन् ।
तीन दिने आवासीय रिट्रिट यही नोभेम्बर २१ देखि २३ तारिखसम्म इंग्ल्यान्डको फार्नबोरोमा हुने जानकारी मास्टर ट्रेनर इन्द्रले दिएका छन् । मास्टर हिलर राजीश्वरीका अनुसार, आकाशा वेलनेस एन्ड हिलिङ रिट्रिट भनेको विश्वव्यापी ऊर्जासँगको मानिसको प्रत्यक्ष सम्बन्धलाई जगाउने, मानिसको भित्री शक्ति र पूर्णता पत्ता लगाउने एक इमर्सिभ यात्रा हो । आकाशा हिलिङ अभ्यास गर्दा आफ्नो आत्मा, चेतना र ब्रह्माण्डीय ऊर्जासँग जोडिन सिक्न सकिने उनले बताइन् ।
'यो केवल उपचार होइन, आत्म-परिचय र आत्म-साक्षात्कारको यात्रा हो,' मास्टर हिलर इन्द्रले भने ।
रिट्रिटका मुख्य उद्देश्य र लाभहरू
मास्टर हिलर इन्द्र गुरुङका अनुसार तीन दिने यो रिट्रिटमा सहभागीहरूले निम्न कुराहरू अनुभव गर्नेछन्ः
• आफ्नै उच्च आत्म (Higher Self) सँग गहिरो सम्बन्ध स्थापना
• भावनात्मक उपचार, आन्तरिक शान्ति र स्थायी खुशीको अनुभव ।
• दैनिक जीवनका लक्ष्यहरूमा नयाँ ऊर्जा, स्पष्टता र ध्यान केन्द्रित गर्ने क्षमता ।
• आध्यात्मिक दिशा र जीवन उद्देश्यप्रतिको स्पष्ट बुझाइ ।
• निरन्तर आत्म-उपचारका लागि व्यावहारिक उपकरणहरू सिक्ने अवसर ।
आयोजकको भनाइ
रिट्रिटका आयोजक प्रकाश गुरुङ भन्छन्, 'मैले आफैं आकश हिलिङको लेभल–२ पूरा गरेको छु । मेरो अनुभव अत्यन्तै सकारात्मक र रूपान्तरणकारी रहेको छ । बेलायतवासी नेपालीहरूले यस्तो अवसर दुर्लभ रूपमा मात्र पाउने भएकाले यस रिट्रिटमा सहभागी हुन सबैलाई अनुरोध गर्दछु ।'
रिट्रिटसम्बन्धी थप जानकारी र सहभागिताका लागि प्रकाश गुरुङ र संगीना गुरुङसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।