लन्डन । सोंपाल समाज यूकेको पहिलो हाउजिङ च्यारिटी डिनर नाइटबाट १ करोड ८५ लाख रुपैयाँ (१ लाख पाउन्ड) भन्दा बढी संकलन भएको छ ।
बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शनिबार २५ अक्टोबर २०२५ मा सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङको अध्यक्षतामा भएको च्यारिटी नाइटबाट उक्त रकम संकलन भएको हो । आर्थिक संकलन भएसँगै समाजको आफ्नै घर किन्ने सपना पूरा हुन लागेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष भरत गुरुङले विश्वास व्यक्त गरे । उनले सहयोग आउने क्रम जारी रहेकोले सम्पूर्ण हिसाबपछि सार्वजनिक गरिने बताए ।
सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङ,संस्थापक अध्यक्ष विजय गुरुङ, विशिष्ट अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष मनदेवी गुरुङ, संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङ र ट्रस्टी डेबिट गुरुङले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रम समाजका महासचिव क्या. मोहन गुरुङ र अंशु गुरुङ सञ्चालन गरेका थिए । कार्यक्रमको प्रारम्भमा चन्द्र गुरुङले हेल्थ एण्ड सेफ्टीसम्बन्धी जानकारी गराए । आमा समूहकी अध्यक्ष मनदेवी गुरुङ, संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङ नेतृत्वको समूहले सामूहिक स्वास्थ्य भजन प्रस्तुत गरी कार्यक्रममा सांगीतिक रंग थपेका थिए । साथै, सोंपाल समाजकै कलाकारहरूले आकर्षक गीत–संगीत प्रस्तुत गरेका थिए । सोही अवसरमा सोंपाल समाज यूकेको बारेमा निर्माण गरिएको वृत्तचित्र देखाइएको थियो ।


चन्द्रबहादुर गुरुङको पालामा गठन गरिएको रोधी टिमलाई ९ वर्षपछि प्रमाणपत्र, खादासहित सम्मान गरिएको थियो । रोधी टिमलाई वर्तमान कार्यसमितिले सम्मान गरेकोमा पूर्वअध्यक्ष चन्द्र गुरुङले पनि खुसी व्यक्त गरे । यस्तै समाजका संस्थापक अध्यक्ष विजय गुरुङ, पूर्वअध्यक्ष प्रेम गुरुङ, राम गुरुङ, चन्द्रबहादुर गुरुङ, युक्त गुरुङ, श्रीप्रसाद गुरुङलगायतले संस्था यहाँसम्म ल्याइपुर्याएको विषयमा बोलेका थिए । समाज घरनिर्माण गर्ने अभियानलाई ऐतिहासिक कदमको भएको उनीहरुको भनाइ थियो । समाजका ट्रष्टी डेबिड गुरूङले पनि ठूलो मिहिनेतको फलस्वरूप संस्था घर निर्माणको संघारमा आइपुगेको बताए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष जगदीश गुरुङले कार्यक्रम सफल पार्ने सबै सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै सोंपाल समाजको दीर्घकालीन सपना बेलायतमै आफ्नै हाउजिङ परियोजना निर्माण अब वास्तविकता बन्ने विश्वास व्यक्त गरे ।
संयोजक भरत गुरुङले पनि उक्त अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै दाताहरूलाई धन्यवाद दिँदै हाउजिङ परियोजना सफल बनाउन निरन्तर साथ र सहयोगको अपील गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष समेत रहेकी उनकी धर्मपत्नी कमला गुरुङ तथा तमुधीं यूकेका पदाधिकारीहरु, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङ, उनकी धर्मपत्नी, गैर आवासीय संघ यूकेका पदाधिकारीहरु, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ तथा उनका धर्मपत्नी तथा सहारा यूकेका पदाधिकारी हरु, चारभञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष दुर्गा गुरुङ तथा पदाधिकारीहरु, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङ, चेलीबेटी प्रमुख, यूके नेपाल इन्टरनेसनल बोडीबिल्डिङ लिगका अध्यक्ष गंगा गुरुङ, सहारा यूकेका पदाधिकारीहरु, स्याङ्जा समाज यूकेका पदाधिकारीहरु, तमुधीं लन्डन इकाइका पदाधिकारीहरु, साउथ इस्ट रिजनल तमुधीं लन्डनका अध्यक्ष शिवराम गुरुङ बीइएम, उनकी धर्मपत्नी बिन्दु गुरुङ तथा पदाधिकारीहरु उपस्थित थिए ।
यस्तै पूर्वमेयर, उपमेयर तथा काउन्सिलरलगायत विभिन्न संघसंस्थाा प्रतिनिधि, सोंपाल समाज यूकेका पूर्वअध्यक्ष तथा ट्रस्टिजहरु, सल्लाहकारहरु आमा समूहकी अध्यक्ष मनदेवी गुरुङलगायत, ज्वाइँ चेलीबेटी, भान्जाभान्जीहरु, फोटोग्राफर, मिडियाका साथीहरू, स्थानीय कलाकार साथै सोंपाल समाज यूकेलगायतको उपस्थिति थियो ।

सन् २००८ मा स्थापित सोंपाल समाज यूके हाल बेलायतमा च्यारिटी संस्थाको रूपमा दर्ता भएको छ । समाजले प्रवासी सोंपाल समुदायबीच एकता, सहयोग र सांस्कृतिक सम्पर्कलाई सुदृढ बनाउने, नेपाल, बेलायतमा शैक्षिक, स्वास्थ्य, विपतलगायत क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।
सोंपाल समाज स्याङ्जाको दरौं, माझु-बेझाङ र सिरुबारी गाउँबाट बेलायतमा आएर बसेकाहरु संगठित सामाजिक संस्था हो ।







