लन्डन । पूर्वगाविस अध्यक्ष,प्रधानपञ्च तथा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का वरिष्ठ उपाध्यक्ष भक्तबहादुर गुरुङलाई तमु धीं यूकेले विशेष सम्मान गरेको छ ।
तमु धीं यूकेको टोली मंगलबार २१ अक्टुबरमा २०२५ मा बेजिङस्टोकस्थित तमु धीं यूकेका सल्लाहकार भक्तबहादुर गुरुङको निवासमै पुगेर उनको दम्पतीलाई फेटा, खादा, क्रमु
मायाको चिनो र पुष्पगुच्छासहित सम्मान प्रदान गरेको हो । त्यसक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा.विशाल गुरुङ र तमु धीं यूकेको आजीवन सदस्य रात्रीभोज कार्यक्रमका संयोजक एवं सचिव विमल गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु उपस्थित थिए । तमु धीं यूकेलाई उल्लेखनीय सहयोग पुर्याएका समाजसेवी भक्तबहादुर गुरुङलाई १८ अक्टुबरमा अल्डरसटस्थित एम्पायर हलमा आयोजित आजीवन सदस्य रात्रीभोज कार्यक्रममा सम्मान दिन लागिएकोमा उनी अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि मंगलबार सम्मान गरिएको तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए ।
कार्यक्रममा महासचिव डा. गुरुङले समाजसेवी भक्तबहादुर गुरुङको योगदानबारे चर्चा गरेका थिए ।

सम्मान ग्रहण गर्दै सल्लाहकार भक्तबहादुरले आफ्नै निवासमा आएर सम्मान गरेकोमा तमुधीं यूके सिंगो टिमलाई आभारसहित खुसी व्यक्त गरे । उनले तमुधीं यूकेमा नयाँ पुस्तालाई आजीवन सदस्य बनाएर संस्थालाई अझ मजबुत बनाएर अघि बढाउनुपर्ने सुझाव दिए ।
तमु धीं यूकेले रात्रिभोज कार्यक्रममा नन्दकुमारी गुरुङ, नरजङ्ग गुरुङ, खेमसिङ गुरुङ र डेबिट अर्मिटेजलाई विशेष सम्मान गरेको थियो । नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शान्त तमुस्यो, सुमलकुमार गुरुङ, क्या. देवबहादुर घले, श्रीप्रसाद तमु, धनकाजी तमु र ले.रि. मुक्तिजङ तमुलाई आदर्श तमु/तमुस्यो अवार्ड प्रदान गरिएको थियो ।