Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 13, October, 2025 सोमबार, असोज २७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
tamudhe thaks
Gurkha
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • तमु समाज यूकेको दसैँ विशेष समारोह नेपाली भाषा कक्षाका विद्यार्थीसँग
तमु समाज यूकेको दसैँ विशेष समारोह नेपाली भाषा कक्षाका विद्यार्थीसँग
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, असोज २७, २०८२

लन्डन ।  तमु यूके समाजले आफ्नो नेपाली भाषा कक्षामा अध्ययनरत विद्यार्थीसँग दसैँ विशेष समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

लन्डनस्थित वेम्बली बार्हम पार्कमा रहेको तमु समाज यूकेको सामुदायिक भवन ११ अक्टोबर शनिबारका दिन उल्लास र गौरवको वातावरणबीच कार्यक्रम भएको हो । 

कम्युनिटी लटरी फन्डको सहयोगमा सञ्चालित यस कार्यक्रमले बेलायतमा बसोबास गर्ने नेपाली मूलका बालबालिकाबीच नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । ४० हप्ते निःशुल्क नेपाली भाषा कक्षाको माध्यमबाट यो पहल अघि बढाइएको हो ।

कार्यक्रमको अवसरमा बालबालिकालाई दसैँ पर्वको सांस्कृतिक तथा धार्मिक महत्वबारे जानकारी गराइयो । साथै उनीहरूले विभिन्न परिकारका परम्परागत नेपाली भोजन र पेय पदार्थको स्वाद लिँदै रमाइलो गरे । 

Sanvi jeeler
Maoustail service

अभिभावक, शिक्षक तथा समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिताले उत्सवलाई अझै जीवन्त र हर्षोल्लासमय बनायो । कम्युनिटी लटरी फन्डले प्रायोजन गरेको नेपाली भाषा कक्षा २२ मार्च २०२५  मा सुरु गरिएको हो । लगातार आठ महिनादेखि उक्त कक्षा सञ्चालन हुँदै आएको छ। 

यस कार्यक्रमले बालबालिकालाई नेपाली बोल्ने, पढ्ने र लेख्ने सीप सिकाउने मात्र होइन, आफ्नै संस्कृति र पहिचानप्रतिको गर्व पनि जागृत गराएको जनाइएको छ । ब्रेन्ट, इलिङ र ह्यारो नगरका ५ देखि १२ वर्ष उमेर समूहका बालबालिका सहभागी रहेका यी कक्षामा योग्य नेपाली शिक्षकले रमाइलो र अन्तर्क्रियात्मक शैलीमा अध्यापन गर्दै आएका छन् ।

565299426_4139896502966835_73528853256808887_n-1760361118.jpg
तेस्रो वर्षमा प्रवेश गरेको यो पहलले बेलायतमा जन्मेका तथा हुर्केका बालबालिकालाई आफ्नो भाषा र संस्कृतिसँग पुनः जोड्ने सेतुको रूपमा काम गरिरहेको छ । तमु समाज यूकेले कम्युनिटी लटरी फन्डप्रति आभार व्यक्त गर्दै यसको निरन्तर सहयोगले कार्यक्रमलाई प्राप्त भएको अमूल्य योगदानको प्रशंसा गरेको छ ।

उक्त सहयोगले थप शिक्षकको नियुक्ति, शैक्षिक सामग्रीको व्यवस्था र सहज अध्ययन वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको समाजले जनाएको छ । 

संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङलाई आर्थिक समन्वय र नेतृत्वका लागि, विवेक केसी, मनिषा गौतम र कल्पना थापालाई बालबालिकाप्रतिको समर्पण र उत्कृष्ट शिक्षण योगदानका लागि तथा अर्बिन्द्र श्रेष्ठलाई संयोजन र अभिभावकसँगको प्रभावकारी समन्वयका लागि विशेष धन्यवाद व्यक्त गरिएको थियो ।

तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेलाई सामुदायिक भवन उपलब्ध गराएको र निरन्तर सहयोगका लागि पनि विशेष धन्यवाद दिइएको थियो । दसैँ विशेष समारोहमा अध्यक्ष घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, युवा सदस्य सुबिना घले, संयोजक अर्बिन्द्र श्रेष्ठ तथा शिक्षकहरू विवेक केसी, मनिषा गौतम र कल्पना थापाको उपस्थिति थियो।

सो अवसरमा अध्यक्ष घलेले विद्यार्थीलाई दसैँको शुभकामना र उपहार प्रदान गर्दै निरन्तर प्रगति र खुसीको कामना गरिन् । कम्युनिटी लटरी फन्डको सहयोगमा सञ्चालित नेपाली भाषा कक्षा २०२५ डिसेम्बरसम्म निरन्तर सञ्चालन हुने । त्यसपछि समाजको पहलमा निरन्तरता दिने जानकारी गराइएको थियो । 

अभिभावकलाई आफ्ना सन्तानलाई नेपाली भाषा सिक्न, बोल्न र अभ्यास गर्न निरन्तर प्रोत्साहन गर्न आग्रह गरिएको थियो । कार्यक्रम बिहान ११:३० बजे सुरु भई दिउँसो २ बजे सम्पन्न भएको थियो । पेय पदार्थ र दिवा भोजको व्यवस्था तमु समाज यूकेले गरेको थियो ।


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
होली काउले जित्यो वेस्ट रेस्टुरेन्ट अवार्ड
होली काउले जित्यो वेस्ट रेस्टुरेन्ट अवार्ड सोमबार, असोज २७, २०८२
बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा जीआरएनसीको प्रस्तुति
बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा जीआरएनसीको प्रस्तुति सोमबार, असोज २७, २०८२
सिरुबारी गाउँ यूकेको दसैं, तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न
सिरुबारी गाउँ यूकेको दसैं, तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न सोमबार, असोज २७, २०८२
सीएनसीबीजीको आयोजनामा च्यारिटी डिनर नाइट हुने
सीएनसीबीजीको आयोजनामा च्यारिटी डिनर नाइट हुने आइतबार, असोज २६, २०८२
बेलायतमा भएको एक्सरसाइज क्याम्ब्रियन पट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक
बेलायतमा भएको एक्सरसाइज क्याम्ब्रियन पट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक आइतबार, असोज २६, २०८२
लोकप्रीय
  • Week
  • Month
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गाउँघरको पुकार [कविता]
गाउँघरको पुकार [कविता]
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्