Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 13, October, 2025 सोमबार, असोज २७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
tamudhe thaks
Gurkha
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • सिरुबारी गाउँ यूकेको दसैं, तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न
सिरुबारी गाउँ यूकेको दसैं, तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न कार्यक्रमबाट २ हजार ७०६ पाउन्ड बचत
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, असोज २७, २०८२

लन्डन । दक्षिण एसियाको पहिलो होमस्टे गाउँ सिरुबारीबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको संस्था सिरुबारी गाउँ यूकेको दसैं, तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । 

साउथ ह्यारोस्थित स्पोर्ट्स एन्ड सोसियल क्लबमा शनिबार ११ अक्टुबरका दिन दसैं, तिहार कार्यक्रम सम्पन्न भएको हो । सिरुबारी गाउँ यूकेका अध्यक्ष डेभिड गुरुङ र ज्येष्ठ सदस्य निर्मला गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । उद्घाटनपछि नेपालको राष्ट्रिय गान गाइएको थियो । 
 
 कुशल सञ्चालक महासचिव धनबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा समाजका पितृहरू साथै देशका दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेर सामूहिक प्रार्थना गरिएको थियो । नेपालबाट आएका प्रख्यात कलाकारद्वय जुनाश्रीस मगर र तीलक गुरुङका साथ सबैले बुद्ध प्रार्थना गाएर कार्यक्रमलाई भावनात्मक र धार्मिक वातावरणमा रंगिन तर अलग विशेषता भएको माहोल सिर्जना गरिएको आयोजकले जनाएको छ । कलाकारहरूको प्रस्तुतिसँगै उपस्थित समुदायले पितृहरूलाई सामूहिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।
 
सोही कार्यक्रमको अवसरमा कार्यसमितिलाई पूर्णता दिइएको थियो । कार्यसमिति अध्यक्षमा डेभिड गुरुङ, उपाध्यक्षहरूमा नवराज गुरुङ र तेजमान गुरुङ, धनबहादुर गुरुङ महासचिव, रङ्गना गुरुङ कोषाध्यक्ष चयन भएका छन् ।  

सदस्यहरुमा सन्तोष गुरुङ, कृष्ण गुरुङ, सुजन गुरुङ र नवीन गुरुङ चयन भएका छन् । त्यस्तैगरी विजयबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ, प्रकाश गुरुङ र तोरण गुरुङ सल्लाहकारमा चयन भएका छन् भने महिला चेलीबेटीको संयोजक जेकी गुरुङ चयन भएकी छन् ।
 
उक्त दिनमा डा.संयोग गुरुङ, सिनियर म्यानेजर रङ्गना गुरुङ, कर्पोरल पुकार गुरुङ र डब्लूओवान वसन्त गुरुङ, चार्टर्ड एकाउन्ट सुचित्रा गुरुङ, सिनियर वार्ड सिस्टर सृष्टी गुरुङ र डा. विनय गुरुङ ज्वाईंलाई समाजद्वारा सम्मान गरिएको थियो । 

जुनसुकै कार्य गर्दा पनि आर्थिक पक्षको ठूलो भूमिका हुन्छ । सिरुबारी नासाको यो पहिलो कार्यक्रममा आफ्नो जन्मभूमि र माटोलाई माया गर्ने व्यक्तित्वहरू (सदस्यहर र चेलीबेटीहरू)ले खुलेर समाजलाई सहयोग गरेका छन् । उक्त दिनको कार्यक्रम खर्च १ हजार ६४० पाउन्ड भुक्तानी गरेर २ हजार ७०६ पाउन्ड बचत भएको अध्यक्ष डेबिट गुरुङले जानकारी दिए । 

Sanvi jeeler
Maoustail service

553582012_1508575870288802_1297032343747558755_n-1760343727.jpg
कार्यक्रममा राखिएको खेलका लागि पहिलो पुरस्कार सुनको चन्द्रमा जय श्रीकृष्ण जेवलरीले प्रायोजन गरेको थियो । गाउँघर परिवारमा दु:ख परेकोले ती खेलहरू स्थगित गरिएको थियो । आयोजकले प्रायोजक जय श्रीकृष्णलाई धन्यवाद दिँदै अर्को कार्यक्रमको लागि उक्त पुरस्कार सुरक्षित साथ राखिएको जनाएको छ । 

कार्यक्रममा अध्यक्ष डेबिड गुरुङकी धर्मपत्नी बीना गुरुङले पिउने पानी प्रायोजन गरेकी थिइन् । प्रशस्त र मिठो, स्वादिलो खानापिन धनबहादुर गुरुङ गोर्खा किचेनबाट व्यवस्था भएको थियो भने फोटोग्राफरको भूमिका पुकार गुरुङले निभाएका थिए । 

दसैं-तिहार पर्वलाई परदेशमा पनि जन्मभूमिको माटोसँगको सम्बन्ध र एकताको भावनासँग जोड्दै नेपाली परम्परा, सिरुबारी गाउँको संस्कार र संस्कृतिलाई जोगाउने उद्देश्यका साथ केही समय आगडि खडा भएको सामाजिक कुराहरू व्यक्त गर्दै समाजका अध्यक्ष डेभिड गुरुङले उपस्थित सबैलाई धन्यवाद दिए । 

समाजको अन्य कुराहरू सबैको साथ, सहयोग, आपसी मेलमिलाप र सरसल्लाहले समाज अझ सशक्त हुने महासचिव धनबहादुरले बताए । 

परदेशमा तथा स्वदेशमा जहाँ बसे पनि जन्मभूमिको माया, समुदायबीचको एकता, सहयोग, आपसी सद्भावले सबैलाई एकै थलोमा ल्याएर सांस्कृतिक, धार्मिक र सामुदायिक एकतालाई थप बलियो बनाएर इमानदारीतापूर्वक सेवा गरे सबैको हित हुने सोँपाल समाजका संस्थापक अध्यक्ष विजयबहादुर गुरुङले बताए । 

विदेशी भूमिमा बसोबास टाढा भए तापनि कार्यक्रममा स्थानीय समुदाय, चेलीबेटी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

564594155_1484283892847131_2234796569807388914_n-1760343723.jpg

 

 

 

 


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
तमु समाज यूकेको दसैँ विशेष समारोह नेपाली भाषा कक्षाका विद्यार्थीसँग
तमु समाज यूकेको दसैँ विशेष समारोह नेपाली भाषा कक्षाका विद्यार्थीसँग सोमबार, असोज २७, २०८२
होली काउले जित्यो वेस्ट रेस्टुरेन्ट अवार्ड
होली काउले जित्यो वेस्ट रेस्टुरेन्ट अवार्ड सोमबार, असोज २७, २०८२
बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा जीआरएनसीको प्रस्तुति
बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा जीआरएनसीको प्रस्तुति सोमबार, असोज २७, २०८२
सीएनसीबीजीको आयोजनामा च्यारिटी डिनर नाइट हुने
सीएनसीबीजीको आयोजनामा च्यारिटी डिनर नाइट हुने आइतबार, असोज २६, २०८२
बेलायतमा भएको एक्सरसाइज क्याम्ब्रियन पट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक
बेलायतमा भएको एक्सरसाइज क्याम्ब्रियन पट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक आइतबार, असोज २६, २०८२
लोकप्रीय
  • Week
  • Month
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गाउँघरको पुकार [कविता]
गाउँघरको पुकार [कविता]
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्