Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शनिबार, साउन १७, २०८२

लन्डन । तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल भएको छ ।

शुक्रबार लन्डनस्थित नेपाली दूतावास पुगेर तमुधीं यूके, आमा समूहका वर्तमान र पूर्वपदाधिकारीसहितको टोलीले बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेसँग छलफल गरेको हो । तमुधीं यूकेका सचिव विमल गुरुङले नेपाली मेलाबारे छलफल भएको जानकारी दिए । 

नेपाली मेला २०२५ का प्रमुख संयोजक तथा तमुधीं यूकेका उपाध्यक्ष कमल गुरुङले नेपाली मेलामा समावेश हुने कार्यक्रमहरु र तयारीबारेमा राजदूत चन्द्रकुमार घिमिरेलगायत दूतावासका कर्मचारीहरुलाई संक्षिप्त जानकारी दिएका थिए । 

संयोजक गुरुङले मेलाको लागि आर्थिक व्यवस्थापन, आपतकालीन स्थिति, अतिथि सत्कार, सुरक्षासम्बन्धी जानकारी, झाँकी प्रतियोगिता, नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, चेतनामूलक कार्यक्रम, खानपिनको व्यवस्थापनलगायत व्यापारिक तथा परोपकारी स्टलहरुको बारेमा पनि प्रस्ट्याएका थिए । 

Sanvi jeeler
Maoustail service

सोही कार्यक्रममा तमुधीं यूके आमा समूहकी निवर्तमान अध्यक्ष सन्ध्या गुरुङले 'रोधी घरको विशेष' भन्ने सामग्री पावर पोइन्टमा प्रस्तुत गरेकी थिइन् । 

राजदूत घिमिरेले नेपाली मेलाका लागि दूतावास सदैव सकारात्मक रहेको बताएका थिए ।

छलफलमा दूतावासका उपनियोग प्रमुख बिपिन दुवाडी, सैनिक सहचारी महासेनानी अनुप शाहलगायतको उपस्थिति थियो । 

छलफलका लागि तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, वर्तमान वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, नेपाली मेला संयोजक तथा उपाध्यक्ष कमल गुरुङ, उपाध्यक्ष दिलमाया गुरूङ, महासचिव डा विशाल गुरुङ, सचिव विमल गुरुङ, कार्यसमिति सदस्य तथा तमुधीं लन्डन ब्रान्च आमा समूह अध्यक्ष देवकला गुरुङ, तमुधीं लन्डन ब्रान्चका उपाध्यक्ष ईश्वर गुरूङ, सल्लाहकार सूर्य गुरूङ, सिरी गुरूङलगायत दूतावास पुगेका थिए । 

यस्तै आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ, पूर्वअध्यक्ष सीता मन्जु गुरुङ, प्रेमा गुरुङ, वर्तमान उपाध्यक्ष नन्दकुमारी गुरुङ, जयन्ती गुरुङलगायत छलफलमा सहभागी थिए ।

Tamudhee-1-1754076107.jpg
 

नेपाली दूतावास लन्डनको सहकार्य र तमुधीं यूकेको आयोजनामा यस वर्ष १६औँ संस्कर०को नेपाली मेला हुँदैछ । मेला क्याम्पर्टन पार्कमा हुँदै छ । 

नेपाली मेला तयारी भइरहेको कार्यक्रम संयोजक कमल गुरुङले बताए । नेपालका विभिन्न जातजातिको संस्कृति, भेषभूषा र परम्परा चिनारी गराउन हरेक वर्ष तमुधीं यूकेले मेला आयोजना गरिँदै आएको छ । 

मेलामा सांस्कृतिक झाँकी, मौलिक नाचगान, एम्बासडर कप र एनआरएनए कप प्रतियोगिता हुने छन् । विजेता टोलीलाई नगद तथा आकर्षक पुरस्कार दिइनेछ ।

मेलामा ६/७ वटा रेस्टुरेन्टमार्फत नेपाली खानाका परिकार, नेपाली कपडाका स्टल, गहना र अन्य सामग्रीका स्टलहरू साथै नेपाली व्यवसाय प्रवर्द्धनका स्टलहरू रहनेछन् । 

मेलामा कलाकारले प्रस्तुति दिनेछन् भने नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको विशेष उपस्थिति रहने तमुधीं यूकेले जनाएको छ । मेला बिहान १० देखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । टिकट शुल्क ५ पाउन्ड तय गरिएको छ । तर ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।

संयोजक गुरुङले सबै नेपाली संघसंस्था र समुदायलाई झाँकी तथा मौलिक नाच लिएर सहभागिता जनाउन आग्रह गरेका छन् । मेलाको नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ तय गरिएको छ । गोर्खा प्यालेसले खाना व्यवस्थापन गर्नेछ ।


प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०१:०७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायत निवासी भोज गुरुङले दिए करापु लमजुङ तमु समाज पोखरालाई ११ लाख सहयोग
बेलायत निवासी भोज गुरुङले दिए करापु लमजुङ तमु समाज पोखरालाई ११ लाख सहयोग शनिबार, साउन १७, २०८२
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा 
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा  शनिबार, साउन १७, २०८२
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत शुक्रबार, साउन १६, २०८२
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा शुक्रबार, साउन १६, २०८२
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा शुक्रबार, साउन १६, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्