अमेरिका । तमु समाज यूकेका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, सामाजिक व्यक्तित्व चित्रबहादुर गुरुङ, पूर्वउपाध्यक्ष विजु गुरुङ र समाजसेवी जयन्ती गुरुङलाई अमेरिकामा स्वागत गरिएको छ ।
गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरले अमेरिका भ्रमणमा रहेको टोलीलाई भव्य रूपमा स्वागत तथा सम्मान गरेको हो । संस्थाको आफ्नै भवनमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरका अध्यक्ष विकास गुरुङले गरेका थिए ।

प्रमुख अतिथि चित्रबहादुर गुरुङले तमु समाज यूकेको स्थापना कालदेखि अहिलेसम्म सञ्चालन गरेका विविध सामाजिक तथा सांस्कृतिक गतिविधिबारे विस्तृत जानकारी दिएका थिए ।
सोही कार्यक्रममा गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरका सल्लाहकार सोम गुरुङले संस्थाको विगत र वर्तमान अवस्थाबारे संक्षिप्त विवरण प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष बबिता गुरुङले राखेकी थिइन् । कार्यक्रम सञ्चालन महासचिव किरण गुरुङले गरेका थिए ।
समारोहमा समाजका सल्लाहकार, वर्तमान कार्यसमिति सदस्य तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उल्लेखनीय उपस्थिति थियो ।

सो अवसरमा तमु समाज यूकेका संस्थापक अध्यक्ष गुरुङले गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरको चौतर्फी विकासका लागि ५०० अमेरिकी डलर सहयोगसमेत प्रदान गरे । सहयोग अध्यक्ष विकास गुरुङले ग्रहण गरेका थिए ।
गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरले सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै उच्च आभार प्रकट गरेको छ ।