लन्डन । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको चौमासिक बैठक सम्पन्न भएको छ । जीआरएनसीको कार्यालयमा २७ जुलाईमा सम्पन्न बैठकले विभिन्न विषयमा छलफल गर्दै निर्णयहरू गरेको छ।
अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा भएको बैठक महासचिव सुनिल रानाले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै अघि बढाएका थिए । नयाँ कार्य समितिका सदस्य, ट्रस्टी तथा सल्लाहकारहरूलाई स्वागत गरिएको थियो । संस्थापक अध्यक्ष राजकुमार सुब्बा, पूर्वअध्यक्षहरू मेजर टिकेन्द्र दल देवान जेपी, रामधन राई, ओम थापा काउचा जिप बेल्वासे तथा नयाँ समितिका सदस्यहरूलाई स्वागत गरिएको थियो ।

नेपाली नयाँ वर्ष र भिक्टोरिया डेको बारेमा उपाध्यक्ष डा. विशाल गुरुङले जानकारी गराएका थिए।
संस्थाका विभिन्न गतिविधि, नेपाली र नृत्य कक्षाहरूको अपडेट गराइएको थियो। संस्थाका आगामी योजना तथा कार्यक्रमबारे पनि जानकारी गराइयो ।
बैठकमा ५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो । बैठकले कार्य समितिको विभिन्न रिक्त पदमा नियुक्त पनि गरेको छ। रिक्त रहेको उपाध्यक्ष पदमा अनिता राई, कोषाध्यक्ष २ मा भाइराजा थापा र सदस्यमा थानकुमान नाल्वोलाई नियुक्त गरिएको छ।

च्यारिटीको कन्स्टिच्युसन र सीआईओ ड्राफ्ट प्रक्रियामा रहेको छ। कोषाध्यक्ष मिलन रोकाले अहिलेसम्मको आयव्यय छर्लंग पारेका थिए ।
पोजेक्ट मेनेजर असिस्टेन्ट सञ्जय राईले वेबसाइटको बारेमा जानकारी गराएका थिए । सो अवसरमा नयाँ वेबसाइट सुरु गरियो ।
अन्त्यमा अध्यक्ष माबोले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी बैठक २४ अक्टोबरमा बस्ने जानकारीसहित बैठक समापन गरेकी थिइन् ।
