Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बीसीसी यूकेले विविध कार्यक्रमका साथ  मनायो तमु ल्होछार
बीसीसी यूकेले विविध कार्यक्रमका साथ  मनायो तमु ल्होछार
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता
पूर्ण गुरुङ
पूर्ण गुरुङ
आइतबार, पुस १७, २०७९

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले तमु (गुरुङ) हरुको महान् पर्व ल्होछार मनाएको छ । 

शुक्रबार ३० डिसेम्बर  २०२२ का दिन अल्डरसटस्थित गुम्बामा धार्मिक परम्परानुसार ल्होछार मनाइएको हो । सिक्किमका हिज इमिनेन्स टुल्कु साङ्गेयोन्तेन ग्यात्सो गुरुङको विशेष उपस्थितिमा मनाइएको ल्होछार पर्वमा बीसीसी यूके गुम्बाका टुल्कु जिग्मे सामतेन, खेन्पोटासी छिरिङ्गलगायत गुरुहरुले घ्यासी पूजा र आयु पूजा गरेका थिए । साथै, पूजाको अन्त्यमा सहभागी भक्तजनहरुलाई टुल्कु साङ्गेलेआयुको वाङ्ग (अभिषेक) दिएका थिए ।

तमुधिं यूकेका पदाधिकारी एवं सदस्यहरुको विशेष उपस्थितिमा सम्पन्न भएको पूजामा विभिन्न व्यक्तिहरुले दुईहप्ता अघिबाट बत्ती बाल्न, छोक दान र  भोजनदानका लागि भाइबर ग्रुपमार्फत आ–आफ्नो नाम दर्ता गराएका थिए । उक्त बाघ बर्गको बिदाई र बिरालो बर्गको स्वागतार्थ आयोजना गरिएको कार्यक्रममा तमुधिं यूकेले गुम्बा परिसरभित्र नयाँ लुङ्दारसमेत फेरेको थियो । सो अवसरमा तमुधिं यूके ११ औं कार्यसमितिका अध्यक्ष हित काजी गुरुङ, नवनिर्वाचित १२औं कार्यसमितिका अध्यक्ष हरि गुरुङलगायत कार्यसमितिका पदाधिकारी, सल्लाहकार एवं तमुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Sanvi jeeler
Maoustail service

कार्यक्रममा बीसीसी यूकेले हालै ट्रष्टी मेम्बर बनेका नयाँ सदस्यहरुलाई स्वागत गर्दै प्रमाणपत्र प्रदान गरेको थियो । त्यस्तै, बीसीसी यूकेका कर्मचारी र स्वयंसेवकहरुले गरेको कामको प्रशंसा गर्दै खादा लगाई धन्यवाद दिए ।

कार्यक्रममा नयाँ ल्हो बाट सबैको ग्रहशान्ति होस् भन्ने उद्देश्यका साथ घ्यासी पूजा र सम्पूर्ण मानवजातिको सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धिका लागि आयु पूजा आयोजना गरिएको थियो । साथसाथै, बीसीसी यूकेको तर्फबाट अध्यक्ष धर्म तामाङ र बीसीसी यूके आमाहरुको तर्फबाट आमा अध्यक्ष उर्मिला गुरुङले टुल्कु गुरुङलाई मण्डला चढाएका थिए ।

बेलायतका विभिन्न स्थानबाट आएका तमुहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सिक्किमबाट आएका टुल्कु गुरुले बौद्ध धर्ममा पञ्चशीलको महत्वबारे जानकारी गराउँदै बौद्ध धर्मले मानव जीवनमा खेल्ने भूमिकाबाट चर्चा गरेका थिए ।

कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष धर्म तामाङले बीसीसी यूकेले गुम्बाबाट प्रवाह गरिने विभिन्न सेवाहरुको बारेमा जानकारी गराउँदै  बीसीसी यूकेको अनुरोधमा सिक्किमबाट तमु ल्होछारका लागि सहभागी भैदिएकोमा आभार व्यक्त गरे । त्यस्तै, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले टुल्कु गुरुको स्वागत गर्दै तमु ल्होछारको शुभकामना मन्तव्य दिएका थिए ।

त्यस्तै, बीसीसी यूकेका प्रमुख सल्लाहकार एवं ल्होछार संयोजक मेजर खुशीमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गर्दै सिक्किमबाट आएका टुल्कु गुरुको बारेमा जानकारी गराएका थिए । साथै, उनले तमु ल्होछारका लागि भोजन दान गर्नेलगायत दानवीरहरुको नामावली प्रस्तुत् गर्दै सबै दानवीरहरुलाई धन्यवाद दिएका थिए ।

बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमलाई  सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी यूकेका अध्यक्ष धर्म तामाङ, आमा अध्यक्ष उर्मिला गुरुङ, बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्वअध्यक्ष लेप्टननारायणप्रसाद गुरुङ र नरेश गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ,  वर्तमान उपाध्यक्ष आङ्गदावा शेर्पा, रोबिन गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ,  आमा सचिव शारदा गुरुङ, मिडिया सेक्रेटरी सविन्द्रकुमार गुरुङ, गुम्बाका धर्मगुरुहरु, सहयोगी गुरुहरु, गुम्बाका कर्मचारी, स्वयंसेवक, शुभचिन्तक, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, ट्रष्टीजलगायत आमाहरुले विशेष भूमिका खेलेका थिए ।

करिब बिहान ८ बजेदेखि नै बेलायतका विभिन्न स्थानबाट ल्होछारको पावन अवसरमा बत्ती बाल्ने, पूजा गर्ने, गुम्बाले आयोजना गरेको घ्यासी पूजामा सहभागी हुनका लागि भक्तजनहरु आएका थिए । बीसीसी यूके अध्यक्ष धर्म तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रोबिन गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।   

स्मरण रहोस्, करिब १ महिनाका लागि बेलायत आएका टुल्कु गुरुले शनिबार तमुधिं यूकेले अल्डरसटमा आयोजना गरेको तमु ल्होछार कार्यक्रममा विशेष सहभागिता जनाएका छन् । त्यस्तै, संखुवासभा तमु समाज, बुद्धिष्ट गुम्बा रेडिङ्ग र खोसोभो गुरुङ समाजले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । साथै,  बीसीसी यूके लन्डन शाखा, तमुधिं यूके लन्डन इकाई, मञ्जुश्री मनीमलम तमु आमा संघ केन्ट, बुद्धिष्ट कम्युनिटी स्वीन्डन, डाइमण्ड बुद्धिष्ट सेन्टर, बागशीला बासपानी समाज, शेर्पा एशोसिएसन यूकेलगायत संघसंस्थाहरुले आयोजना गर्ने ल्होछारलगायत विभिन्न पूजापाठ, ग्रहशान्ति तथा प्रवचनमा सहभागी रहने बीसीसी यूकेका उपाध्यक्ष रोविन गुरुङले जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ 
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ  बुधबार, साउन १४, २०८२
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी बुधबार, साउन १४, २०८२
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा 
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा  बुधबार, साउन १४, २०८२
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने,  ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने, ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके बुधबार, साउन १४, २०८२
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट मंगलबार, साउन १३, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्