अल्डरसट । सामाजिक सेवा र सहयोगको उदाहरणीय कार्य गर्दै आएको सहारा यूकेले आफ्ना संरक्षक अरुणकुमार चौधरी र उनकी धर्मपत्नीको सम्मानमा एक भव्य डिनर नाइट कार्यक्रम आयोजना गरेको छ। शुक्रबार साँझ २७ जून २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रम सांस्कृतिक, सामाजिक र आत्मीय वातावरणमा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि, विशेष अतिथिहरूलाई पाइपर धुनसहित भव्य स्वागत गरिँदै हलभित्र प्रवेश गराएपछि कार्यक्रमको औपचारिक उद्घाटन गरियो । कार्यक्रमको सञ्चालन तथा स्वास्थ्य सुरक्षाबारे जानकारी महासचिव क्याप्टेन पिताम्बर गुरुङले गराएका थिए । सहाराका उपाध्यक्ष शारदा गुरुङले स्वागत मन्तव्य दिँदै अतिथिहरूप्रति आभार व्यक्त गरेका थिए ।
-1751094170.jpg)
कार्यक्रममा बोल्दै महासचिव क्याप्टेन पिताम्बर गुरुङले संरक्षक चौधरीको बायोग्राफीबारे जानकारी गराउँदै उहाँको योगदान र सहारामा खेलेको भूमिकालाई उच्च सम्मान व्यक्त गरे । कार्यक्रममा संरक्षक चौधरीलाई सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले खादा र मायाको चिनोसहित सम्मान गरे । त्यस्तै उनकी धर्मपत्नी शिला चौधरीलाई पछ्यौरा र पुष्पगुच्छासहित जुना गुरुङले सम्मान दिइन्ए ।
कार्यक्रमको अवसरमा महासचिव क्या.पिताम्बर गुरुङ नेपालमा रहेका बेला कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्दै आएका मनोज गुरुङलाई सहारा यूकेका संस्थापक नवीन गुरुङले प्रशंसापत्र प्रदान गरे । उक्त अवसरमा अध्यक्ष कृष्ण गुरुङ, महासचिव क्या पिताम्बर गुरुङ र सल्लाहकार शेरा गुरुङलाई पनि संस्थापक गुरुङले सम्मान गर्दै संगठनप्रतिको समर्पणका लागि धन्यवाद दिएका थिए ।
संरक्षक अरुणकुमार चौधरीले कार्यक्रमको आयोजना र सम्मानप्रति आभार व्यक्त गर्दै सहाराको सामाजिक अभियानमा निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।
-1751094162.jpg)
सांस्कृतिक कार्यक्रमले थप आकर्षण
डिनर नाइटलाई मनोरञ्जनात्मक बनाउँदै गायिका एलिना गुरुङ, पवित्रा गुरुङ र प्रिया गुरुङले सुमधुर आवाजमा विभिन्न बोलको गीत प्रस्तुत गरे । नृत्यकलाकार रिना थापा मगरले दर्शकहरूलाई नृत्यमार्फत मन्त्रमुग्ध बनाइन् । कार्यक्रममा डिजे सपनकुमार राईले संगीत संयोजन गरेका थिए ।
-1751094172.jpg)
समारोहको फोटोग्राफी तथा भिडियोग्राफीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र ओम लामाले भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ विशेष अतिथिका रूपमा सहभागी थिए । त्यस्तै कार्यक्रममा तमुधीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, ट्रस्टी एकेन्द्र गुरुङ, तमुधीं यूकेका उपाध्यक्ष कमल गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष कुमार गुरुङ, लेरि कुसाङ गुरुङ, मिनबहादुर गुरुङ, सार्दिखोला समाज यूकेका पूर्वअध्यक्ष अमृत गुरुङ, बगर भाइखलक यूकेका अध्यक्ष ओम गुरुङ, निवर्तमान अध्यक्ष, एनआरएनए आईसीसी सदस्य तथा गोर्खा ट्राभल्सका प्रबन्ध निर्देशक दिलरास गुरुङ, भुम्दीकोट समाज यूकेका अध्यक्ष योगेश गुरुङ, सहारा एफसीका संस्थापक हरि श्रेष्ठ, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज चेलीबेटी प्रमुख लीना गुरुङ, कोल्मा बहाकोट समाज यूकेका पूर्वअध्यक्ष सुरेश गुरुङ, क्या भीम गुरुङ, ताङतिङ समाज यूकेका अध्यक्ष तर्कजंग गुरुङ, सहाराका सल्लाहकार कृष्ण गुरुङ, नेपाल यूके बडि बिल्डिङका अध्यक्ष गंगा गुरुङ, शीतल पाटीका सम्पादक वाचस्पति रेग्मीलगायत विभिन्न संघ, संस्थाका अध्यक्ष तथा प्रतिनिधिको समेत उपस्थिति थियो ।
-1751094169.jpg)
-1751094165.jpg)
-1751094159.jpg)
-1751094158.jpg)

-1751094170.jpg)
-1751096356.jpg)