लन्डन । नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायतका विभिन्न स्थानको भ्रमण तथा नेपाली समुदायसँग छलफलमा व्यस्त छन् ।
सोही क्रममा उनले मंलगबार मिचेटस्थित तमु धीं यूकेको भवन भ्रमण तथा अवलोकन गरे । तमु धीं भवनमा महासचिव पोखलेललाई अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सचिव विमल गुरुङ, आजीवन सदस्य गणेश गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतले स्वागत गरेका थिए । स्वागतपछि उनले भवनको अवलोकन गरेका थिए ।
त्यसपछि उनी गोर्खा प्यालेसमा पुगेका थिए । त्यहाँ प्रोप्राइटर सूर्य गुरुङसँग भेटघाटसँग चियापान गरेपछि अल्डरसट टाउनमा पुगे । त्यहाँ पिपल मर्गेज, सुनचाँदी पसललगायत नेपालीहरूको सञ्चालन गरेका व्यवसायको अवलोकनसहित व्यवसायबारे जानकारी लिएका थिए ।
प्रिन्सेस गार्डेनमा उनले ज्येष्ठ नागरिकहरूसँग भेटघाट गरेका थिए । सोही स्थानमा रहेको पहिलो भीसी कुलबहादुर थापाको शालिक पनि अवलोकन गरे ।
यसैगरी, तमु धींका उपाध्यक्ष कमल गुरुङले सञ्चालन गरेको चाइनिज ओरेन्टियलमा पनि पुगेका थिए । सञ्चालक कमलले स्वागत गरेका थिए । क्वालिटी सपमा प्रोप्राइटर नरबहादुर बुढाले खादा लगाएर स्वागत गरेका थिए । क्वालिटी सपको भ्रमण गरेर प्रमिस शर्माको द गुल्सन रेस्टुरेन्टमा लन्च खाएर लन्डनस्थित नेपाली दूतावासतर्फ गएका थिए ।
महासचिव पोखरेलको भ्रमणको संयोजन स्थानीय एमाले नेता भक्त गुरुङले गरेका थिए ।
महासचिव पोखरेलसँग एमाले केन्द्रीय सदस्य एवं तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे, दूतावासका प्रथम सचिव उद्धव न्यौपानेसहित पिपल ग्रुपका एमडी सूर्य गुरुङ, एम्पायर हलका प्रोप्राइटर नारायण गिरी, प्रेम गुरुङ, पवित्र केसी, दुर्गा बनियाँ, शिव बानियाँलगायत टोलीमा सहभागी थिए ।
उनी प्रवासी नेपाली मञ्च बेलायत राष्ट्रिय कमिटीको अधिवेशन उद्घाटन तथा सम्बोधन गर्न बेलायत आएका हुन्।