लन्डन । तनहुँ समाज यूकेको अध्यक्षमा सन्तबहादुर गुरुङ चयन भएका छन् । फानबोरोस्थित स्यामुयल कोडी स्पोर्ट्स कलेजमा शनिबार ७ जुन २०२५ मा भएको समाजको १८औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रममा गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । अध्यक्षमा निर्वाचित गुरुङ यसअघि द्वितीय उपाध्यक्ष थिए ।
गल्फ खेल्मा रुचि राख्ने शान्त ब्रिटिस गोर्खा नेप्लिज एसोसिएसन यूकेको अध्यक्ष हुन् ।
उपाध्यक्षहरुमा निर्मला थापा, बोध बिक्रम थापा र कृष्ण थापा, महासचिवमा महेन्द्र आले, सचिवमा शोभा रेग्मी गौतम, कोषाध्यक्षमा जसप्रसाद आले र सहकोषाध्यक्षमा कृष्ण (किसान)आले चयन भएका छन् ।
सदस्यहरुमा डा.प्रकाश गौतम, अनिल थापा, पिताम्बर गुरुङ, लोकेन्द्र गुरुङ, कुल थापा, पूर्णकुमार आले, जयराम थापा, मनसुधन थापा, पवन राना, याम थापा, गुडदु गुरुङ, दुर्गाबहादुर गुरुङ, डम्मरसिंह गुरुङ सर्वसम्मत चयन भएको तनहुँ समाज यूकेले जनाएको छ ।
कार्यक्रम समाजका अध्यक्ष केशर राना, संरक्षक लेख गुरुङ र प्रमुख अतिथि समाजका बयोवृद्ध सदस्य यङक आलेले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
सोही कार्यक्रममा संस्थाका संरक्षक, निवर्तमान अध्यक्ष, सल्लाहकार र कोषाध्यक्षलाई सम्मान गरिएको थियो । संरक्षक लेख गुरूङ
लाईफ टाइम अचिभमेन्ट सम्मानित भए । निवर्तमान अध्यक्ष केशरबहादुर रानालाई विधानबमोजिम वरिष्ठ सल्लाहकार सम्मानपत्र प्रदान गरिएको थियो ।
यस्तै उत्कृष्ट समाजसेवा सम्मान-२०२५ बाट मे. रिटायर्ड वरिष्ठ-सल्लाहकार कुलबहादुर थापा एमभीओ, मे. रिटायर्ड वरिष्ठ-सल्लाहकार कृष्णबहादुर गुरूङ एमभीओ, वरिष्ठ-सल्लाहकार रन्जन मल्ल, मिनबहादुर रानामगर र कोषाध्यक्ष कृष्णबहादुर थापा सम्मानित भएको तनहुँ समाज यूकेले जनाएको छ।


