वेल्स, यूके । वेल्सवासी नेपालीहरु र धम्पुस परिवार यूकेले बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेसहित लन्डन दूतावासको टोलीको सम्मानमा रात्रिभोज आयोजना गरेको छ ।
शनिबार ७ जून २०२५ मा ब्रेकन क्यस्टल होटलमा भव्य रात्रिभोज आयोजना गरिएको हो । रात्रिभोजमा राजदूत घिमिरेको धर्मपत्नी सरिता न्यौपाने घिमिरे, नेपाली दूतावासका प्रथम सचिव उद्धव न्यौपाने उपस्थित थिए ।
अथितिहरुको आगमनमा नेपाली सोसाइटी ब्रेकनका ज्येष्ठ नागरिक र सदस्यहरुले फूलमाला, बुके र नेपाली ढाकाको खादाले सम्मान गरिएका थिए । त्यसपछि वेल्स गोर्खा कम्युनिटी कुम्ब्रान, नेपाली सोसाइटी वेल्स, कार्डिफ, धम्पुस परिवार यूके, गोर्खा नेपालिज एसोसिएसनका अध्यक्ष तथा ती संस्थाहरुमा आबद्ध सदस्यहरुले पनि खादा ओढाएर राजदूत घिमिरेको टोलीलाई सम्मान गरेका थिए ।
स्वागत, सम्मानपछि अतिथि र आयोजकले ऐतिहासिक क्यस्टल होटल परिसरमा सामूहिक फोटो खिचाएका थि। त्यसपश्चात् सम्पूर्ण महानुभावहरु क्रुग हलमा प्रवेश गरी रात्रिभोजमा सरिक भए |
रात्रिभोजको अन्त्यमा सम्पूर्ण वेल्सवासी र धम्पुस परिवार यूकेका तर्फबाट उपस्थित अथितिहरुलाई कार्यक्रमका आयोजक नेपाली समाज ब्रेकनका अध्यक्ष तथा नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशक मेजर खुसीमान गुरुङ एमभीओले निमन्त्रणा स्वीका रात्रिभोजमा उपस्थित भएकोमा राजदूत घिमिरे, उनकी पत्नि न्यौपाने, प्रथम सचिव न्यौपानेलाई धन्यवाद ज्ञापन गरे । साथै उनले वेल्समा बसोबास गर्दै आएका नेपालीको बारेमा र उनीहरुले हासिल गरेको उपलब्धि बारेमा जानकारी दिएका थिए ।
अन्त्यमा मुख्य अथिति राजदूत घिमिरेले यो कार्यक्रम आयोजना गरेकोमा र वेल्समा बसोबास गर्ने नेपालीबारे धेरै विषयमा जानकरी दिएकोमा आयोजक र त्यहाँका नेपालीलाई धन्यवाद दिएका थिए |
स्मरण होस्, ब्रेकन र कस्कीको धम्पुस पहिलो यूके र नेपालकै आधिकारिक भगिनी गाउँहरु हुन् |साथै नेपालको पर्यटन प्रवर्द्धनको उद्देश्यले ब्रेकनमा नेपाली भिलेज परियोजना अघि बढिरहेको छ |