पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा सञ्चालित ‘तमु विद्यार्थी छात्रवृत्ति वितरण’ कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार पोखरामा एक कार्यक्रमबीच कास्की, स्याङ्जा, पर्वत, तनहुँ र लमजुङ पश्चिमी भेगका विभिन्न विद्यालयमा कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि चिल्ड्रेन एकेडेमीका संस्थापक प्राचार्य हिमाल तमुले कडा मेहनत गरी राष्ट्रको सेवा गर्न विद्यार्थीलाई आग्रह गरे । संस्थाका कानूनी सल्लाहकार कर्णबहादुर तमु, वनस्थली मा.वि. लमजुङमा कक्षा ११ अध्ययनरत विद्यार्थी संगीता तमु र संस्थाका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्रीजङ तमुले मन्तव्य राखेका थिए ।
-1749309172.jpg)
संस्थाका सल्लाहकार, अक्षयकोषदाता, संस्थापक, अभिभावक, विद्यार्थी समितिका सदस्य तथा विद्यार्थीहरूको उपस्थिति थियो । यस वर्ष १७७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने यस संस्थाले र अर्को हप्ता लमजुङ र गोर्खामा तथा त्यसपछि अन्य जिल्लामा छात्रवृत्ति वितरण गर्ने योजना छ ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव कञ्चन तमुले सञ्चालन गरेका थिए ।