लन्डन । तमुधीं यूकेले आयोजना गरेको २३ औं गोर्खाकपमा सहभागी भएर तमुधीं नेपालका अध्यक्ष तथा गोर्खा मिडियाका सम्पादक हुम गुरुङ स्वदेश फर्किएका हुन् ।
अध्यक्ष हुम बेलायतमा विभिन्न कार्यक्रम, संघसंस्था र इस्टमित्रसँगको भेटघाट र भ्रमण गरी १२ दिनपछि मंगलबार दिल्ली हुँदै नेपाल फर्किएका हुन् । अध्यक्ष गुरुङ तमु धीं यूकेको निमन्त्रणामा २२ मे २०२५ को बेलुका ७:२४ बजे यूकेको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । यहाँ रहँदा मे २५ मा २३ औं संस्करणको गोर्खाकप २०२५ मा अतिथिको रुपमा सहभागी एवम् दर्जन बढी संघ संस्थाहरु र साथीभाइ, दिदीबहिनी, इष्टमित्र आफन्तजनको विविध कार्यक्रम, स्वागत, सम्मान, भलाकुसारी गरेका थिए ।
उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीबाट बुधबार नेपाल पुगेका छन् ।
अध्यक्ष तमु बेलायत रहँदा एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ, तमुधीं यूकेका पूर्वअध्यक्ष कमल गुरुङलगायतसँग भेटघाट तथा छलफल, बीसीसी यूकेमा स्वागत साथै गुरुहरुबाट आशीर्वचन ग्रहण,क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेबाट स्वागत, सम्मान, ढोर फिरफिरे समाज यूकेका गुप्तबहादुर गुरुङ, लेख गुरुङसँग भेटघाट,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूकेको आठौं स्वर्णिम लोकदोहोरी साँझमा सहभागी भए ।

यस्तै प्ल्होन/भ्लोन यूकेबाट स्वागत, सम्मान,मनोक्रान्ति टिम यूकेको मिर्मिरे बिहानीमा ज्ञानको किरण कार्यक्रम उद्घाटनमा सहभागी, पर्वत भँगरा टोर्केलीका अभिभावकहरु क्याप्टेन प्रेमबहादुर गुरुङ, आशादेवी र जिरीमायालागयतसँग मर्निङ वाक,कलाकारसहितलाई भीम गुरुङ प्रोपाइटर रहेको गोर्खा किचेनले दिएको भोजमा सहभागी,चारभन्ज्याङ तमु समाज यूकेको स्वागत, सम्मान, सहारा यूकेले अल्डरसटको चौतारी क्याफे एण्ड रेष्टुरेन्टमा आयोजना गरेको नेपाली फुटबलर साबित्रा भण्डारी (साम्बा) साथै तमुधीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ स्वागत र सम्मान आयोजना गरिएको कार्यक्रममा पनि उनी सहभागी भए ।











