लन्डन । गोर्खा आमा समूह एम्पायर हलको समर पार्टी सम्पन्न भएको छ ।
नेपालबाट आएका गायिका पवित्रा गुरुङ, आरसी पौडेलको प्रस्तुतिसहित मंगलबार ३ जून २०२५ मा उक्त समर पार्टी भव्य रुपमा सम्पन्न भएको हो । आमा समूह अध्यक्ष धनमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारहरुको प्रस्तुतिसँगै आमाहरु छमछमी नाचेका थिए ।
समर पार्टीमा आमा समूहलाई सहयोग गर्ने व्यवसायी, सञ्चारकर्मी, समाजसेवी, कलाकारलगायतलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अनुग्रह ज्वेलर्सका सञ्चालक तथा चलचित्र निर्माता सुमन राई, उमरु क्लोथिङका शान्तबहादुर गुरुङ र रुपामाया गुरुङ, दीप ज्वेलरीका सञ्चालक प्रेम विश्वकर्मा दम्पती, लामा ज्वेलर्सका प्रोपाइटर दिपेश लामालगायत थिए ।
यस्तै कलाकारहरु पवित्रा गुरुङ, आरसी पौडेल र गोर्खा मिडिया प्रबन्ध निर्देशक मिलन तमुलाई पनि आमा अध्यक्ष धनमाया गुरुङ लगायतले संस्थागत रुपमा सम्मान गरेका थिए ।
सोही कार्यक्रममा अनुग्रह ज्वेलर्सका सञ्चालक राईले आमा समूहलाई नगद सहयोग पनि गरेका थिए ।

आमा समूह अध्यक्ष धनमाया गुरुङले तिहार पर्वका अवसरमा खेलिएको देउसी-भैलोबाट उठेको रकम, विभिन्न दाताहरबाट प्राप्त सहयोगबाट समर पार्टी आयोजना गरेको बताइन् । उनले कार्यक्रम सफल भएको भन्दै सहभागी र सहयोग सबैलाई धन्यवाद प्रकट गर्दै समापन गरिन् ।




