लन्डन । रावा दुबे सेरोफेरो समाज यूकेको २०औँ वार्षिकोत्सव सम्पन्न सम्पन्न भएको छ । शनिबार २६ अप्रिलका दिन ब्राकनेल शहरस्थित गार्थ हिल कलेजमा कार्यक्रम भएको हो ।
कार्यक्रम दुई भागमा विभाजन गरिएको थियो । पहिलो भागमा स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै संस्थाका सचिव लाभेस गुरुङले कार्यक्रम अघि बढाएका थिए । अध्यक्ष रि. मेजर राजेन गुरुङ र रि. लेप्टेन रत्न गुरुङले बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।
त्यसपछि नेपाली र बेलायती राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । स्वागत गन्तव्य राजेन गुरुङले राखेका थिए । सो अवसरमा ज्येष्ठ नागरिक स्वागत पनि गरिएको थियो ।

दोस्रो भागको सुरुमा संस्थाको स्थापना भएको २० वर्ष पुगेको अवसरमा प्रकाशित रावा दुबे सेरोफेरो ‘नालीबेली’ पत्रिका लोकार्पण गरिएको थियो । उक्त पत्रिका सम्पादन मण्डलीका मिडिया संयोजक विजय कुमार गुरुङले सञ्चालन गरेका थिए।
पत्रिका तयारीका लागि विभिन्न लेख रचना सामग्री उपलब्ध गराउने सम्पादन मण्डली यूके, नेपालका बौद्धिक व्यक्तित्वहरू र युथ नानीहरू सबैको नाम वाचन गरेर सुनाइएको थियो ।
त्यस्तै पत्रिका लोकार्पणका लागि सम्पादन मण्डली, अतिथि र ज्येष्ठ नागरिक सबैलाई स्टेजमा बोलाएर पटका पड्काएर नालीबेली पत्रिका लोकार्पण गरिएको थियो ।
संस्था स्थापना भएको २०औँ वार्षिकोत्सवबारे संस्थापक अध्यक्ष वसन्त गुरुङले केही मन्तव्य राख्दै शुभकामना व्यक्त गरेका थिए । त्यस्तै, प्रकाशन मण्डलीका सह-सम्पादक सानु हजुर गुरुङले पनि आफ्नो मन्तव्य राख्दै शुभकामना व्यक्त गरेका थिए ।
प्रकाशन मण्डलीका प्रमुख रि. लेप्टेन यादव गुरुङले आफ्नो मन्तव्य व्यक्त गर्दै पत्रिका तयारीका लागि लेख सामग्री उपलब्ध गराउने भौतिक सहयोग गर्ने नेपाललगायत सबैलाई आभार धन्यवाद गरेका थिए । लोकार्पण कार्यक्रमपछि अतिथि र ज्येष्ठ नागरिकका साथ वार्षिकोत्सवको केक काट्ने कार्य भएको थियो ।
त्यसपछि समाजलाई विशेष योगदान दिने व्यक्ति, नव विवाहित जोडी तथा नयाँ सदस्यहरूलाई सम्मान गरिएको थियो । कलाकार विमला गुरुङको सांगीतिक प्रस्तुतिले सबैलाई मनोरञ्जन प्रदान गरेको थियो । उनको गीतमा सहभागीहरू रमाइलो गर्दै नाचेका थिए ।

अन्त्यमा अध्यक्षले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए र खाना खाएपछि बेलुका आठ बजेतिर सबै जना छुटेका थिए ।
