अल्डरसट । क्षेत्री समाज युकेको अध्यक्षमा क्या. टेक जिसी चयन भएका छन् । शनिबार, ५ अप्रिलमा अल्डरसटमा सम्पन्न नवौँ अधिवेशनले क्या. जिसीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।
उपाध्यक्षमा नरेन्द्र बस्नेत, दिल जिसी र प्रतिमा केसी, महासचिवमा मेजर बुद्धि भण्डारी एमभीओ, सचिवमा आनन्द थापा, कोषाध्यक्षमा सञ्जय ध्वज भण्डारी, सहकोषाध्यक्षमा मेजर चक्र खत्री, जनसम्पर्क सचिवमा रेसम खड्का, सांस्कृतिक सचिवमा सन्तोषी कार्की, महिला संयोजकमा माया केसी र मिडिया सचिवमा राममाया विष्ट केसी चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा राजु बोहरा, महेन्द्र कुँवर, अञ्जना थापा, हिमा क्षेत्री, कृष्ण थापा, सम्झना अधिकारी क्षेत्री, सरोज थापा, शिला थापा केसी र विमला थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

नयाँ कार्य समितिको निर्वाचनका लागि सल्लाहकार डा. राम अधिकारीको संयोजकत्वमा पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार रि. क्या. धन कुँवर र पूर्वअध्यक्ष तथा सल्लाहकार यज्ञ क्षेत्री रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
बेलायतमा बसोबास गर्ने क्षेत्रीबन्धुहरू बीचको भ्रातृत्व, सद्भाव, एकता र अखण्डतालाई दिगो बनाउने उद्देश्यले सन् २००७ मा संस्थाको गठन भएको हो ।