लन्डन । सिक्लेस पार्चे समाज यूकेले प्रतिनिधिसभा सांसद मनबहादुर गुरुङलाई सम्मान गरेको छ । पारिवारिक भ्रमणको सिलसिलामा बेलायत आएका कास्की क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य गुरुङले शुक्रबार ९ मार्च २०२५ मा एक समारोहबीच सम्मान गरिएको हो । साथै चिउली पार्चे तमु समाज पोखरा आमा समूहकी उपाध्यक्ष तथा तमु धीं नेपाल महिला विभागकी सचिव बिष्णु गुरुङलाई पनि समाजको तर्फबाट स्वागत र सम्मान गरिएको थियो ।
सिक्लेस क्षेत्रका प्रतिनिधिसभा सदस्य बन्नेमा मनबहादुर पहिलो मानिन्छ ।
कार्यक्रम उद्घाटन संस्थाका अध्यक्ष रुपचन्द्र गुरुङ, फर्स्ट लेडी कालिका गुरुङ, प्रमुख अतिथि मनबहादुर गुरुङ, संस्थाका संरक्षक तथा तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजंग गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

सिक्लेस पार्चे समाज यूकेका अध्यक्ष रुपचन्द्र गुरुङको सभापतित्वमा संचालित कार्यक्रम महासचिव टंक मार्टिन गुरुङले संचालन गरेका थिए ।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार तथा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष जितबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसपछि प्रमुख अतिथि र अतिथिले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष रुपचन्द्र गुरुङले उपस्थित र तयारीमा खटिएका सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा समाजका वर्तमान र पूर्व पदाधिकारी, सदस्य, अतिथिहरुका इस्टमित्रलगायतको बाक्लो उपस्थिति थियो ।


