लन्डन । मगर संघ यूके पलमस्टेड शाखाको अध्यक्षमा खर्क बहादुर पुन मगर निर्वाचित भएका छन् । शनिबार, ८ मार्च २०२५ मा सम्पन्न अधिवेशनले खर्कको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा चेत बहादुर राना मगर, सचिवमा कमल राना मगर, सहसचिवमा देव रानामगर, कोषाध्यक्षमा कोमला देवी थापा मगर, सहकोषाध्यक्षमा लोकेन्द्र राना मगर, सांस्कृतिक सचिवमा जित थापा मगर, सांस्कृतिक सहसचिवमा, जितपानी राना मगर, खानपिन सचिवमा धन बहादुर थापा मगर, खानपिन सहसचिवमा बार्मान रोका मगर चुनिएका छन् ।
सदस्यहरूमा तुक माया थापा मगर, गयन्द्र थापा मगर, यम बहादुर थापा मगर र अस्मिता थापा मगर, बिरमाया पुन मगर, हिरा राना मगर, चित्र राना मगर र जित कुमारी थापा निर्वाचित भएका छन।
निर्वाचन मण्डलमा पूर्वअध्यक्ष तथा प्रमुख निर्वाचन आयुक्त धन बहादुर थापा मगर र सदस्यहरूमा सल्लाहकार हेमा थापा मगर र पूर्वअध्यक्ष बिसन थापा मगर थिए । नवनिर्वाचित अध्यक्षसहित नयाँ कार्यसमितिका सबै पदाधिकारीहरूलाई प्रमुख निर्वाचन आयुक्त मगरले शपथ ग्रहण गराए ।
संस्थाका अध्यक्ष डब्ल्यूओटु दल प्रसाद थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर थिए । कार्यक्रम सचिव चेत राना मगरले सञ्चालन गरेका थिए ।