लन्डन । बागलुङ्गे समाज यूकेको अध्यक्षमा खडक थापा चयन भएका छन् । फार्नबोरोस्थित कम्युनिटी हलमा २२ फेब्रुअरीमा सम्पन्न छैटौँ अधिवेशनले थापाको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गुमानसिंह थापा, महासचिवमा जीत पुन, सचिवमा राजु बोहरा, कोषाध्यक्षमा लक्षुमन पुन र सह-कोषाध्यक्षमा जीत काउचा रहेका छन् ।
महिला संयोजकमा गोमा रिजाल, महिला सहसंयोजकमा चन्द्रकला पुन, सांस्कृतिक सचिव लक्षु राना, सांस्कृतिक सहसचिवमा प्रेम छन्त्याल, सञ्चार सचिवमा विशन थापा, सञ्चार सहसचिव कृष्ण शर्मा, वेबमास्टर नन्दलाल पुन, एसिस्टेन वेबमास्टर रेशम खड्का, नौमती बाजामा भीम थापा, एसिस्टेन नौमती बाजामा तीर्थ शाही, युवा संयोजक हरिसिङ थापा, खेलकुद संयोजक नरेश सलामी र खेलकुद सहसंयोजक पदम पुन रहेका छन् ।

यसैगरी, सदस्यहरूमा आश पुन, सीता थापा, सुरेशकुमार घर्ती, रन गुरुङ, तारा पुन, नरमाया पुन, देवी पुन र कृष्ण शर्मा चुनिएका छन् ।
नवनिर्वाचित अध्यक्ष थापालगायत पदाधिकारीहरूलाई निर्वाचन कमिटीले खादा र अबिर लगाएर सम्मान गरेका थिए । निर्वाचन कमिटीकी अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष छविमाया पुनले पद तथा गोपनियताको शपथ गराएकी थिइन् । कार्यसमितिको कार्यकाल सन् २०२८ सम्म हुनेछ ।
निर्वाचन कमिटीमा निर्वतमान अध्यक्ष तथा वर्तमान सल्लाहकार छवीमाया अध्यक्ष, सचिवमा कमल पौडेल र सदस्यमा पूर्वअध्यक्ष क्याप्टेन रिटार्यड धन कनवार रहेका थिए । दिउँसो करिब १ बजे सुरु भएको साधारणसभा अध्यक्ष धन बुढाथोकी र निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार छविमाया पुनले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष खडक थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम महासचिव सेर पुनले सञ्चालन गरेका थिए । महासचिव शेर पुन, कोषाध्यक्ष हिरा पुन र नौमती बाजा समूहका भिम थापा र मिडिया सेक्रेटरी बिशन थापाले आआफ्ना वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष धन बुढाथोकीले सन् २०१६ मा तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै स्थापना गरिएको ईमर्जेन्सी रिलिफ फन्ड यथावत राख्ने वा बन्द गर्ने प्रस्ताव सभामा राखेका थिए । ईआरएफ स्किमका योजनाकार, निवर्तमान कोषाध्यक्षहरू र केही प्रबुद्ध व्यक्तिहरूबाट आआफ्ना भनाइ राखेपछि अध्यक्ष बुढाथोकीले आजको मितिबाट उक्त फन्ड बन्द भएको घोषणा गरे ।
साथै ईआरएफमा आबद्ध सदस्यहरूको सदस्यता शुल्कबापतको ५० पाउन्ड समाजलाई नै दिने वा फिर्ता लैजानेबारे सक्दो छिटो कोषाध्यक्षसँग सम्पर्क राख्ने उनले आग्रह गरे। जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पको सहयोगार्थ उठेको १ हजार ३९९ पाउन्ड नेपाल सरकारको एकद्वार प्रणाली र अन्य विविध कारण वितरण गर्न नसकिरहेको अवस्थामा त्यही भूकम्पबाट प्रभावित अत्यन्तै न्यून आय भएका परिवारका बच्चालाई पढाइदिने निर्णय भएअनुसार एकजाना नानीलाई १ कक्षासम्म पढाइदिने कार्यको सुरुआत भएको पनि उनले जानकारी गराए ।
विधान प्रमुख तथा संस्थाका सल्लाहकार क्याप्टेन रिटार्यड राम पुनले समाजको विधानसम्बन्धी छलफल गराउँदै ईआरएफ खारेजीले गर्दा केही संशोधन हुने जानकारी दिए । त्यसपछि अध्यक्षले तीन वर्षे कार्यकालमा समाजलाई सरल, सुशील र मितव्ययी रूपमा अगाडि बढाउनमा आफू र कार्यसिमितलाई पुऱ्याउने सम्पूर्ण कार्यसमितिका पदाधिकारी, सल्लाहकार, सदस्य साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिए ।

समाजका लागि विभिन्न रूपमा योगदान दिने पूर्वअध्यक्ष छवि पुन, नौमती बाजा कोओर्डिनेटर भिम थापा र हिरा पार्टललाई पूर्वअध्यक्षहरू दीपक काउछा र धन कनवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोही अवसरमा पूर्वअध्यक्ष तथा निर्वाचन कमिटीका अध्यक्ष छवी पुनले संस्थापक अध्यक्ष राजेन मल्ल जो उपस्थित नभएकाले उनकी श्रीमती सुशीला मल्ल, पूर्वअध्यक्ष दीपक काउछा, पूर्वअध्यक्ष क्याप्टेन रिटायर्ड धन कनवार, पूर्वअध्यक्ष क्याप्टेन रिटायर्ड राम पुन र हालसालै निवर्तमान अध्यक्ष धन बुढाथोकीलाई लालीगुराँस अंकित फेटा लगाइदिएर सम्मान गरेकी थिइन् ।