लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले स्वागत गरेको छ। शाखा अध्यक्ष विमला सेनेको नेतृत्वको टोलीले शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावासमा स्वागत भेट गरेको हो।
स्वागत कार्यक्रममा अध्यक्ष सेनेले राजदूत घिमिरे र उनकी धर्मपत्नी सरिता घिमिरेलाई खादा र पुष्प गुच्छासहित स्वागत गरेकी थिइन्। सो अवसरमा उनले महासंघका तर्फबाट सफल कार्यकालको शुभकामनासमेत दिइन् ।

राजदूत घिमिरेले आफ्नो स्वागत गरेकामा महासंघ शाखालाई धन्यवाद दिए । राजदूत घिमिरेले बेलायतका पत्रकारहरू पत्रकारितामा सक्रिय र सशक्त रहेको थाहा पाउँदा खुसी लागेको बताए ।
अध्यक्ष सेनेले राजदूत घिमिरे दम्पती र दूतावास परिवारप्रति आभार व्यक्त गरिन् । साथै, स्वागत कार्यक्रममा सहभागी कार्यसमिति पदाधिकारी, सल्लाहकार तथा सबै पत्रकारलाई धन्यवाद दिएकी छन् ।

स्वागत कार्यक्रममा अध्यक्ष सेनेसहित, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, सचिव विश्वासदीप तिगेला, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सल्लाहकारद्वय नरेश खपाङ्गी मगर र नवीन पोखरेल, सदस्यहरू नगेन्द्र नेम्वाङ, बम थापा सूर्यवंशी र गोमा राना एवं केन्द्रीय प्रतिनिधि दूत पुन उपस्थित थिए ।