पोखरा । नेपालमा भ्रमणमा रहेको तमु धीं युके र आमा समूहको टोलीलाई ताङ्गलेकोट तमु समाजले सम्मान गरेको छ ।
पोखरा १५ नयाँगाउँस्थित ताङ्गलेकोट समाज घरमा मंगलबार एक कार्यक्रमबीच तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङलगायत टोलीलाई स्वागत सम्मान गरिएको हो । अध्यक्ष जुमकाजी,आमा समूह अध्यक्ष कमलादेवीलगायतलाई समाज र जिम्मेवाली र मुख्यवाली चेलीबेटीको तर्फबाट माला, भ्रांगा, खादाबाट सम्मान गरिएको थियो ।
सम्मान ग्रहणपछी अध्यक्ष जुमकाजीले ताङ्गलेकोट तमु समाज घरमा आफूहरुलाई स्वागत र बधाई पाएकोमा खुसी व्यक्त गर्दै समाजलाई धन्यवाद व्यक्त गरे ।
ताङ्गलेकोट तमु समाजका अध्यक्ष क्या जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्या हितमान गुरुङ एमबीईले स्वागत मन्तव्य, समापन र धन्यवाद दिएका थिए । कार्यक्रम सञ्चालन भने सचिव दुर्गबहादुर गुरुङले गरेका थिए ।
यसैबीच सोही कार्यक्रममा तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले व्यक्तिगत र समाजको तर्फबाट ताङ्गलेकोट तमु समाज, जिम्मेवाली, मुख्यवालीलाई ४ लाख २२ हजार नगद सहयोग समेत गरेका थिए ।
जुमकाजी र कमलादेवीबाट ताङ्गलेकोट तमु समाजलाई १ लाख १० हजार तथा जिम्मेवाली र मुख्यवाली चेलीबेटीलाई १ लाख १० हजार रुपैयाँ दान गरिएको थियो । यस्तै तमु धीं यूकेको तर्फबाट समाजलाई १ लाख १ हजार र जिम्मेवाली तथा मुख्यवाली चेलीबेटीलाई १ लाख १० सहयोग गरिएको तमु धीं यूकेले जनाएको छ ।
कार्यक्रमको अन्त्यमा नाचगान र खानापिनको प्रबन्ध गरिएको थियो ।