लन्डन । ‘रेज अफ होप फाउन्डेसन यूके’को आयोजनामा च्यारिटी डिनर नाइट भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ ।
आगामी महिना नेपालमा हुने आँखा शिविरको लागि आर्थिक सहयोग संकलन गर्न अल्डरसटस्थित एम्पायर हलमा १७ जनवरीमा ‘राम्रो आँखाको ज्योति, राम्रो जीवनका लागि’ नारासहित डिनर नाइट आयोजना गरिएको थियो ।
कार्यक्रमको बेलुका सात बजे सुरु भएको थियो । नेपाली र इंग्ल्यान्डको राष्ट्रिय गानबाट सुरुआत गरिएको थियो । रेज अफ होप पाउन्डेसन यूकेका अध्यक्ष डा. विशाल गुरुङले नै कार्यक्रम सञ्चालन गरेका थिए ।
अरूभन्दा फरक ढंगले कार्यक्रम अघि बढेको थियो । कुनै पनि आसन ग्रहणका कार्यक्रम राखिएको थिएन ।
![473739391_1146427440407529_7446249084818238265_n-1737248347.jpg](https://gurkhamedia.com/uploads/posts/473739391_1146427440407529_7446249084818238265_n-1737248347.jpg)
रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा माकुनुरासहित बेलायतस्थि विभिन्न संघसंस्थाका पदाधिकारी र सदस्यको बाक्लो उपस्थिति रहेको थियो । रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा माकुनुराले शुभकामना मन्तव्यसहित कार्यक्रम सफलताको कामना गरेकी थिइन् ।
विविध सांस्कृतिक कार्यक्रम पनि भएको थियो । कुमार गुरुङले बजाएको बाँसुरीको सुरिलो भाकाले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । कलाकारहरू अञ्जनी गुरुङ प्रेसा गुरुङ केन्जी गुरुङ नताशा गुरुङले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । बेलायतस्थित ८४ वर्षीय क्याप्टेन वीर थापा तथा नेपालबाट आएका प्रसाद खप्तरी मगर र देवी आलेको गीतमा सबैले मनोरञ्जन लिएका थिए ।
नेपाल नेत्रज्योति संघसँगको समन्वयमा आँखा शिविर १० फेब्रुअरीमा पर्वतको चार भन्ज्याङमा आयोजना हुँदै छ । यसैगरी, कुस्मा ११, १२ र १३ फेब्रुअरी तथा सर्लाहीमा १८, १९ र २० फेब्रुअरीमा शिविर चल्नेछ । यसैका लागि आर्थिक संकलनका लागि डिनर नाइट राखिएको हो ।
![rays-of-hope-(1)-1737248471.jpg](https://gurkhamedia.com/uploads/posts/rays-of-hope-(1)-1737248471.jpg)
यो परोपकारी कामका लागि दुई वर्षअघि जस्तै यस पटक पनि हौसला, साथ र सहयोग पाएको अध्यक्ष डा. विशालले बताए । यस पटक पनि खुसी भएर आउनुभयो । कार्यक्रममा २०० जना पाहुना उपस्थित हुने अनुमान गरिए पनि २३० भन्दा बढी पाहुना आएका थिए । शुक्रबारको दिन भएर धेरैले रकम मात्र पनि सहयोग गरेका थिए । अपेक्षा गरेभन्दा धेरै सहयोग पाएको उनको भनाइ छ ।
कार्यक्रममा ठूलो सकम सहयोग गर्ने कोलाब्रेसन पार्टनर १३ जना रहेका छन् । जसमा मा तमु धीं यूके, तमु धीं यूके आमा समूह, अनुग्रह फाउन्डेसन, एनआरएनए यूके, डेभिड अर्मिटेज, कोल्मा बाहकोट समाज यूके, न्यु लक्ष्मी ज्वेलर्स, मार्दीखोला समाज यूके, सहारा यूके, राङभाङ समाज यूके, बीसीसी गुम्बाका अध्यक्ष हर्क गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र चार भन्ज्याङ समाज यूके रहेका छन् ।
बेलायतमा रहेका अन्य व्यवसायीहरूले पनि सहयोग गरेका थिए । ३० जनाभन्दा बढी विदेशी भूपू सैनिक पनि उपस्थित थिए । उनीहरूले पनि सहयोग गरेका थिए । अन्त्यमा राफल ड्र पनि भएको थियो । जसमा प्रथम पुरस्कार ३०० पाउन्ड बराबरको सुन र दोस्रो पुरस्कार २०० पाउन्ड बराबरको चाँदीको खुकुरी न्यु लक्ष्मी ज्वेलर्सले प्रायोजन गरेको थियो । कार्यक्रमको अन्त्यसम्म सबैजना बसेर रमाइलो गरेका थिए ।
![474005516_1592247531658351_7355523805183504515_n-1737248501.jpg](https://gurkhamedia.com/uploads/posts/474005516_1592247531658351_7355523805183504515_n-1737248501.jpg)
कार्यक्रममा साइनो इभेन्टले डेकोरेसन, साउन्ड सिस्टमका लागि गोल्डी प्रोडक्सन र सुपथ मूल्यमा भेन्यु उपलब्ध गराइदिने एम्पायर हलसहित आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने र हौसला दिने शुभचिन्तक, दानवीर तथा फाउन्डेनसका स्वयंसेवकहरूलाई अध्यक्ष डा. विशालले धन्यवाद दिएका छन् ।
यस्तै, उनले सल्लाहकार डा. ओमप्रसाद गौतमको सल्लाह र सुझाव सदैव संग्रहणीय रहेको र भविष्यमा अझै यस्तै परोपकारी काम गर्दै जाने प्रतिबद्धतासमेत जनाएका छन् ।
![473194172_2353324708355718_254401261740884093_n-1737248552.jpg](https://gurkhamedia.com/uploads/posts/473194172_2353324708355718_254401261740884093_n-1737248552.jpg)
![473523884_1284993749457737_874955899540746444_n-1737248591.jpg](https://gurkhamedia.com/uploads/posts/473523884_1284993749457737_874955899540746444_n-1737248591.jpg)