फार्नबोरो । ७ डिसेम्बर २०२२ बुधबारका दिन ग्रेटर रशमोर नेपाली कम्युनिटी (जीआरएनसी) को कार्यसमिति बैठक सम्पन्न भएको छ ।
अध्यक्ष मान गुरुङको अध्यक्षतामा फार्नबोरोस्थित रशमोर बरो काउन्सिल अफिसमा बैठक सम्पन्न भएको हो । बैठकमा जीआरएनसीको गतिबिधि, भावी योजना, कार्यान्वयन र नीतिहरुको विश्लेषणबारे छलफल भएको थियो ।
नेपाली नयाँ वर्षको कार्यक्रम, रशमोर १० कि. मि. दौड आदिबारे विश्लेषण गरिएको थियो । दौडका संयोजक तथा जीआरएनसीका उपाध्यक्ष उत्तरबहादुर गुरुङ, सहसंयोजक डा. विशाल गुरुङ, मेगबहादुर गुरुङ, मार्सल गर्नेहरु र स्वयंसेवकहरुलाई अध्यक्षले धन्यबाद दिएका थिए ।
नेपाली भाषाको कक्ष संचालन, ट्राफिक सचेतना, लाइफ इन युके कक्ष, नेपाली नृत्य कक्ष, ध्यान, ताई ची, योग आदिका बारे पनि छलफल भएको थियो । अध्यक्ष गुरुङले रशमोर बरो काउन्सिलले जीआरएनसीका लागि उपलव्ध गराएको कार्यालय सबै कार्यसमितिलाई अवलोकन गराए ।
कार्यक्रममा महासचीव सुशीला थापा, सचीव श्याम श्रेष्ठ, सहकोषाध्यक्ष जित मेनग्बो, प्रवक्ता किशोर चन्द, मिडिया सेक्रेटरी मिलन तमु र सहायक मिडिया सेक्रेटरी एज्रा श्रेष्ठलगायत उपस्थित थिए ।