लन्डन । विभिन्न कार्यक्रमसहित तमु धीं यूकेले आज शनिबार २८ डिसेम्बरमा तमु ल्होछार तथा रजत महोत्सव मनाउँदै छ ।
क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा विशेष समारोह गरी तमु धीं यूकेले स्थापनाको २५ औं वर्षगाँठ र तमु ल्होछार मनाउन लागिएको हो । कार्यक्रममा नेपाली दूतावास लन्डनका नियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथिका रुपमा उपस्थित हुने छन् । औपचारिक र सांगीतिक कार्यक्रम गरी मध्याह्नमा उद्घाटन गरेर मध्यरातिसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा डा हर्क अवार्ड वितरण, संस्थाको मुखपत्र फ्रेंसी विमोचन, हरि गुरुङ नेतृत्वको १२ औं कार्यसमिति र नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वबीच कार्यभार हस्तान्तरण, रजत महोत्सवको गीत सार्वजनिक, राफल ड्रलगायत सांगीतिक कार्यक्रम हुने तमु धीं यूकेले जनाएको छ ।
सांगीतिक कार्यक्रमका लागि राजबहादुर गुरुङ, आश्रम गुरुङ र ब्यान्डसहित तृष्णा गुरुङ बेलायत आइसकेका छन् ।
तमु धीं यूकेको कार्यक्रमका लागि मूल समितिको कोअर्डिनेटर संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र ल्होछार कार्यक्रम संयोजकमा उपाध्यक्ष कमल गुरुङ रहेका छन् । स्पोन्सर, खाना, अतिथि, भांग्रा, कल सेन्टर, हल डेकुरेसन, यातायात, सांस्कृतिक, मिडिया, साउन्ड-म्युजिक, सुरक्षा, सहजीकरण तथा एप्रिसिएसन, राफल, प्राथमिक उपचार, कार पार्किङ लगायत उपसमितिहरु समेत निर्माण गरेर कार्यक्रम तयारी गरिएको छ ।