Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
व्यक्तित्व
  • Home
  • व्यक्तित्व
  • समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित]
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित]
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बुधबार, मंसिर १९, २०८१
Sanvi jeeler
Maoustail service

लन्डन । सामाजिक काममा डटेर लाग्नु हुने भद्र र शालिन व्यक्तित्व शिवकुमार गुरुङ तमु समाज युकेको स्थापनाकालदेखि आबद्ध भए । तमु समाज र यस्तै यस्तै संस्थाहरुमार्फत तमु संस्कार, संस्कृति संरक्षण संवर्द्धन र विकासका निम्ति योगदान दिँदै आएका शिवकुमारले तमु समाज युकेमा दुई कार्यकाल कोषाध्यक्ष पद, एक कार्यकाल संयोजक, उपाध्यक्ष तथा सामुदायिक भवन खरिद परियोजनाको संयोजकको कार्यभार सम्हाले । उनी सन् २०२१ जुनदेखि २०२४ को जुनसम्म तमु समाज युकेको अध्यक्षको जिम्मेवारीमा रहे । समाजमार्फत उनको नेतृत्वकालमा लमजुङको दोर्दी खोला बाढीपीडितलाई आर्थिक सहयोग, गोर्खा सत्याग्रह संघर्ष समिति युकेको आन्दोलनप्रति ऐक्यबद्धता र आर्थिक सहयोग, बेलायत तथा नेपालमा गुम्बाहरु निर्माण, मर्मतसम्भार, तमु धीं नेपालद्वारा तमु धीं नेपालको परिसरमा निर्माण गरिएको रोधीं घर परियोजनामा आर्थिक सहयोग, पोखरास्थित तमु संग्रहालयमा गुरुङहरुको सांस्कृतिक नाच घाँटु नाचको घाँटुनीहरुको पूर्णकदको दुईवटा प्रतिमा स्थापना गर्नु छ। बेलायतमा भएका थुप्रै कार्यक्रममा सहभागिता र सहयोग, नेपालीमूलका बालबालिकाहरुका लागि नेपाली भाषा कक्षा संचालन र पश्चिम लन्डन वरपर बस्ने नेपालीमुलका ज्येष्ठ नागरिकहरुका लागि नेपाली, अंग्रेजी भाषा कक्षा, योगा प्रशिक्षण, चियापान, मनोरन्जन कार्यक्रम सञ्चालन भएको थियो । तमु समाज युकेले कोडेक युके र हिमालयन फाउन्डेसनको सहकार्यकमा तमु समाज युकेको आफ्नै समाज घरमा अक्टोबर २०२३ मा नेपाली दन्त चिकित्सकहरुद्वारा नि:शुल्क दन्त शिविर सफलतापूर्वक आयोजना गरेका थिए । उनको कार्यकालमा तमु समाज युकेले नेपाल र बेलायतमा मात्र नभई पाकिस्तानका बाढीपीडितहरुलाई आर्थिक सहयोग, युक्रेनको लागि मानवीय सहयोगजस्ता काममा पनि शिवकुमारको देन रह्यो । तमु समाज युकेले २०२१ मा नेपाली मेला र २०२२ मा गोर्खा कप प्रतियोगिताको लागि आर्थिक सहयोग, कमनवोल्थ तथा गोर्खा चौतारी परियोजनमा पनि आर्थिक सहयोग गरेका छन् । यसैगरी नेपालको गण्डकी प्रदेश लमजुङ जिल्लाका वरिष्ठ कलाकार तथा सर्जक कृष्ण गुरुङलाई ९ जुलाई २०२३ मा र राईनास नगरपालिका-९ की सरिता गुरुङलाई स्वास्थ्योपचारका लागि आर्थिक सहयोग, स्याङ्जा जिल्लाबाट बेलायतमा उच्च शिक्षा हासिल गर्न आएको चार दिनमै निधन भएकी स्वर्गीय कमला गुरुङको परिवारलाई तमु समाज युकेले आर्थिक सहयोग गरेको शिवकुमार गुरुङकै नेतृत्व कालमा हो । यसैगरी उनको कार्यकालमा आफ्नै समाजका आजीवन सदस्यहरुको दुखद् निधन भएको बेलामा अन्त्येष्टि कार्यक्रमको संयोजकको भूमिका निभएका थिए । उनको नेतृत्वकालमा तमु समाज युकेले मार्च २०२४ मा बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यको प्रमुख अतिथ्यमा तमु समाज युकेको सामुदायिक भवन परियोजना सहयोगार्थ तेस्रो परोपकारी रात्रिभोज (Third Charity Dinner Night) कार्यक्रम आयोजन गरी भव्य सफलताका साथै धरै आर्थिक संकलन गर्न सफल भएका थिए । यसका साथै सुख र दु:खको सारथी तमु समाज युके भन्ने शीर्षकको छोटो वृत्तचित्र बनाई श्रव्य दृश्यको माध्यमबाट तमु समाजको परिचय युट्यूबमार्फत प्रसारण गर्न सफल भएका छन् । तमु समाज युकेले निरन्तर रुपमा प्रकाशन गर्दै आएको समाजको स्मारिका “सलि ट” चौथो अंक उत्कृष्ट लेख रचना तथा सामग्रीसहित प्रकाशन गरी लोकार्पण गर्न सफल भएको थियो । यसका अतिरक्त तमु समाज युकेको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको अवधारणाअनुरुप तमु कलाकर मञ्च युकेका संस्थापक अध्यक्ष सुर्य गुरुङको रचना र आरके गुरुङ र अनिता गुरुङको स्वर र आरके गुरुङको संगीतमा बनेको तमु समाज युकेको 'स्वागत गर्छौं अतिथिलाई' बोलको गीतलाई धेरै वर्षपछि म्युजिक भिडियो बनाई युट्यूवमामार्फत प्रसारण गर्न सफल भएका छन् । उनको कार्यकालमा भएका थप महत्वपूर्ण कार्यमा बेलायतमा क्रियाशील तमुहरुको गर्व गर्नलायक संस्थाहरु तमु समाज युके र तमु धीं युकेको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेमा ठूलो योगदान रहेको छ । यसका साथ साथै युके तथा युके बाहिर रहेका नेपाली संघ संस्थाहरुसँग र स्थानीय सरकारका कर्मचारी तथा प्रतिनिधिहरुसँग पनि राम्रो सम्बन्ध कायम गर्न सफल भएका थिए । शिवकुमार गुरुङ बेलायती सेनामा 10 Queen’s Own Gurkha Logistic Regiment मा २० वर्ष लामो उत्कृषट सैनिक सेवापश्चात् अवकाश प्राप्त गरेका हुन् । नेपालमा पर्वत जिल्लाअन्तर्गत साविकको आर्थर डाँडाखर्क गा.बि.स हालको कुस्मा नगरपालिका वडा नं १४ पुर्ख्यौली घर भएका शिवकुमार गुरुङ वर्तमानमा सुखी र खुसी परिवारसहित बेलायतको लन्डनमा बसोबास गरिरहेका छन् ।


प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप व्यक्तित्व
सञ्चारकर्मी एवं सामाजिक अभियन्ता खिमा गुरुङको जीवन यात्रा
सञ्चारकर्मी एवं सामाजिक अभियन्ता खिमा गुरुङको जीवन यात्रा सोमबार, साउन ५, २०८२
सकिएका छैनन् प्रीतमका कथा
सकिएका छैनन् प्रीतमका कथा मंगलबार, असार १७, २०८२
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला 
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला  शनिबार, फागुन १७, २०८१
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित]
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित] आइतबार, मंसिर २, २०८१
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई आइतबार, फागुन २७, २०८०
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्