Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 13, June, 2025 शुक्रबार, जेठ ३०, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Maoustail service Maoustail service
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Mohan Nembang
Arika GRG Confra
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • मगर संघ यूके केन्टको अध्यक्षमा मेजर प्रेमबहादुर आले सर्वसम्मत
मगर संघ यूके केन्टको अध्यक्षमा मेजर प्रेमबहादुर आले सर्वसम्मत
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, मंसिर १०, २०८१
तुल्सीराज राना मगर
केन्ट । मगर संघ यूके केन्ट शाखाको अध्यक्षमा रिटायर्ड मेजर प्रेमबहादुर आले एमभिओको सर्वसम्मत चयन भएका छन् । 
 
२३ नोभेम्बर २०२४ शनिबार फोक्सटोन नेपाली कम्युनिटी सेन्टरमा भएको शाखाको नवौं अधिवेशनले आलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा रिमबहादुर काउचा, सचिव बिनम राना, सहसचिव भिम पुन, कोषाध्यक्ष दिपक बुढामगर र सहकोषाध्यक्षमा जसबहादुर थापा, सांस्कृतिक सचिव मोहन थापा, सहसांस्कृतिक सचिव अस्मिता पुन र मिडिया, पेयपदार्थ, खानपान, सम्पत्ति, खेलकुद, कर्मकाण्डलगायत विभिन्न विधाका सचिवहरु भने निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । 
 
केन्टभित्र पर्ने विभिन्न स्थानहरु मेडिस्टोन, चाथाम मिडवे, फोक्स्टोन, केन्टुबरी, आश्फोर्ड, डोभर, इभिक्टा ब्यारेक र टु आर जीआरका प्रतिनिधीहरु पनि चयन गरिएको छ । 
 
अध्यक्ष रिटायर्ड क्याप्टेन नानीबाबु मगरको अध्यक्षतामा बसेको खुलासत्र कार्यक्रमलाई सचिव धनबहादुर बुढाले संचालन गरेका थिए । उक्त कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रिम काउचाले प्रस्तुत गरेका थिए । अध्यक्ष रिटाएर्ड क्याप्टेन नानीबाबु मगरले मगर संघ यूके केन्ट शाखाको कार्यप्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन साथै कार्यप्रतिवेदनलाई हलबाट सर्वसम्मत पारित गरिएको थियो ।
 
प्रतिवेदनहरु पारित गरिएलगत्तै ८ औं कार्यसमितिका अध्यक्ष रिटायर्ड क्याप्टेन नानीबाबु मगरले आफू नेतृत्वको कार्यसमिति विघटन भएको घोषणा गरेका थिए । त्यसपछि निर्वाचन आयुक्त दिपककुमार काउचालाई स्टेज जिम्मा दिइएको थियो । निर्वाचनमण्डलका सचिव लालबहादुर पुन र सदस्य डाक्टर बल थापाले निर्वाचन सम्पन्न गराउनुका साथै नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । 
 
अधिवेशनमा पर्यवेक्षकको रुपमा मगर संघ यूके केन्द्रका अध्यक्ष सिता पुन र सहसचिव सरला रोका मगरको उपस्थिति रहेको थियो भने संरक्षक घन थापा, संस्थापक अध्यक्ष मेजर चित्र राना, पूर्वअध्यक्षहरु टंक आले, उत्तरबहादुर मगर, विजय हितान, क्याप्टेन रामबहादुर पुनलगायत व्यवसायी, समाजसेवी, बुद्धिजीवी र मगर संघ यूके केन्ट शाखाका सदस्यहरु तथा परिवारहरुको बाक्लो उपस्थित रहेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारसँग वार्ता [विज्ञप्तिसहित]
समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारसँग वार्ता [विज्ञप्तिसहित] शुक्रबार, जेठ ३०, २०८२
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम बिहीबार, जेठ २९, २०८२
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम 
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम  बुधबार, जेठ २८, २०८२
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके मंगलबार, जेठ २७, २०८२
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू मंगलबार, जेठ २७, २०८२
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा मंगलबार, जेठ २७, २०८२
Jayenti Sano Jayenti Sano
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्